बुटवलमा फिल्म एकेडेमी सञ्चालनमा, अध्ययनकै लागि टाढा जानुपर्ने बाध्यता हट्यो



यमलाल भुसाल, बुटवल ।

रुपन्देहीको तिलोत्तमा ३ मा बुटवल फिल्म एकेडेमीको शुरुवात भएको छ । लुम्बिनी प्रदेशका संघीय मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीले फिल्म एकेडेमीको उद्घाटन गरेका छन् । फिल्म विधामा अध्ययन गर्न काठमाडौं, भारत जानुपर्ने बाध्यता अब टरेको मन्त्री केसीले बताउनु भयो ।

मन्त्री केसीले बुटवलमा फिल्म एकेडेमी बनाउने कार्यको शुरुवात गर्ने युवाहरुलाई थप प्रशंसा व्यक्त गर्नु भयो । चलचित्र प्रदेश ऐन मन्त्री परिषदमा जाने क्रममा रहेको बताउँदै मन्त्री केसीले हिउँदे अधिवेशनमा सो कार्यको सुरुवात गर्ने र एकेडेमी संरक्षण गर्ने दायित्वमा सरकार रहने बताउनु भयो ।

भारतीय फिल्ममा जस्तै नेपालमा एकेडेमी आवश्यक रहेको र लुम्बिनी प्रदेशमा फिल्म पार्क बनाउने गरी गुरुयोजना बनाएको पनि उहाँले बताउनुभयो ।

तिलोत्तमाका ३ जना युवा दिपेन कडेल, अरुण शर्मा , शास्वत पाण्डे संचालक रहेको सो फिल्म एकेडेमीको मणिग्राममा कार्यालय छ । विभिन्न ५ विद्यामा अध्यापन हुने गरी एकेडेमीको शुरुवात गरिएको छ । फिल्म पढ्न इच्छुकहरुले अब टाढा जान नपर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्