‘प्रधानमन्त्रीको सुखी नेपालीको नारा दुःखी नेपालीमा परिणत भयो’ : काँग्रेस नेतृ संग्रौला



न्युज अफ नेपाल, सल्यान ।

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला संग्रौलाले प्रधानमन्त्रीको सुःखी नेपालीको नारा दुःखी नेपालीमा परिणत भएको बताउनु भएको छ । कम्युनिस्ट सरकारले निर्वाचनको समयमा घोषणा गरेको कुनै एक योजना पनि कार्यन्वयन नभएको आरोप लगाउनु भयो । आइतबार सल्यानको सदरमुकाम खलंगामा प्रेस युनियन सल्यानले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेतृ संग्रौलाले कम्युनिस्टको हातमा सरकार जाँदा जनताले दःुख मात्र पाएको बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘जनता रोग र भोगले आक्रान्त भएको बेला निर्वाचनको घोषणा गरेर ओली सरकारले नौटंकी गरेको बताउनु भयो ।’ महिला संघकी र्पुव केन्द्रिय अध्यक्ष समेत रहनुभएकी संग्रोलाले कम्युनिस्टको सरकारले संविधानमाथि नै कु गरेर तानाशाही प्रवृति झल्काएको बताउनु भयो ।

संग्रोलाले भन्नु भयो ‘कम्युनिस्टको सरकारकै कारण मुलुकमा दण्डहिनता र अराजकताले प्रसय पाएको छ, सरकारले राज्यको ढुकुटी रित्याउने काम गरेको छ , सरकार अधिनायकवादको बाटोमा जान खोजेको छ, जसले गर्दा सर्वहारा जनताले दुख भोग्नु परेको छ ।’तीन वर्षसम्म कमुनिस्ट सरकारले देशलाई समृद्धि तर्फ अघि बढाउने भन्दा पनि अराजकता, द्वन्द्व, बलात्कार, भ्रष्टाचारलाई प्रशय दिएको उहाँको भनाई छ ।

बहुमतको सरकारका प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डले पनि अहिले कांग्रेसको आस गर्न थालेको बताउनु भयो । अव सबैको आँखाले कांग्रेसमा नै भविश्य देखेकाले जनताले पनि कांग्रेस सरकारलाई पर्खेको दावी गर्नुभयो । अहिले काँग्रेसले गरेको आन्दोलनको मुल जरो जनतामा पुगेको संग्रौलाको भनाई छ ।

उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले असैबैधानीक, अलोकतान्त्रिक तरिकारले संसद बिघटन गरेकाले सिधै संविधान र गणतन्त्र माथी प्रहार गरेको उहाँको भनाई छ । प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न नपाइने भएपनि कानुन विपरित, संविधान विपरित कार्य गरेकाले काँग्रेसले उक्त कदममा सच्चिनु पर्नेमा जोड दिदै आइरहेको बताउनु भयो । ओलीको संसद विघटनले देशलाई पूणः द्धन्द्धमा धकलेको जिकिर संग्रौलाले गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्