बन्द प्याकेटमा ‘जुठो’ क्याण्डी



न्युज अफ नेपाल,काठमाडौं ।

चारैतिर शिलबन्दी छ । प्लास्टिकको प्याकेटभित्र २५–३० थान क्याण्डी देखिन्छन् । तर, एउटा क्याण्डीमा दाँतको टोकाइजस्तो देखिन्छ । बाहिरबाट यसो गर्न सम्भव छैन र जबरजस्ती त्यस्तो काम गरेको भए खोलमा कुनै डोब देखिनुपथ्र्यो, त्यस्तो केही छैन ।

त्यसो भए, ‘मुसाले टोकेको वा कसैको जुठो क्याण्डी प्याकेट गर्ने बेलामै परेको’ हो त ? हो, भने मार्स इन्कर्पोरेटेड नामको मल्टिनेसनल कम्पनीले हदैसम्मको लापर्बाही गरेको देखिन्छ ।

‘मुसाले टोकेको वा कसैको जुठो क्याण्डी प्याकेट गर्ने बेलामै परेको हुनुपर्छ’, सेल्बेज डिपार्टमेन्ट, काठमाडौंबाट १५० ग्रामको क्याण्डी रु. ३१५ तिरेर किन्ने राजन महर्जनको दावी छ– दाँतको डोब प्रष्ट देखिंदा देखिंदै यसलाई अन्यथा मान्ने कुरै छैन ।

उनले ठूला मल्टिनेसनल कम्पनीले नेपाललाई नै हेपेर यस्ता त्रुटिपूर्ण सामग्री पठाउँने गर्छन्, उपभोक्ता सजग हुनु प-यो भने । महर्जनले बाउन्टी मिनिएचर्सको प्याकेट कामना प्रकाशनलाई आइतबार जिम्मा लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्