लकडाउनविरुद्ध लगातार प्रदर्शन


जोहानेसबर्ग, (एजेन्सी)

दक्षिण अफ्रिकामा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लगाएको लकडाउनप्रति जनताको धैर्यता टुट्न थालेको छ । साताभरि नै थुप्रै मानिसले केपटाउनका समुद्री तटहरूमा तिनीहरूलाई खुल्ला गर्ने मागसहित प्रदर्शन गर्दै आएका छन् ।

प्रदर्शन आयोजकहरूले सरकार समुद्री तटहरू बन्द गरेर असंवैधानिक बन्दै गइरहेको आरोप लगाएका छन् । सुरक्षाकर्मीहरूले प्रदर्शनकारीहरूलाई तितर–वितर गरे पनि कसैलाई गिरफतार गर्ने गरेको छैन । यस समूहले थप भेला आयोजना गर्र्ने चेतावनी दिएको छ । वेस्टर्न केपमा विपक्षी पार्टीहरू तिनीहरूको चेतावनीको कारण चिन्तित बनेका छन् ।

इकोनोमिक फ्रिडम फाइटर्स पार्टीका अधिकारीहरूले प्रान्तमा यस्ता प्रदर्शनहरूमाथि छानबिन गर्दै गिरफतारी शुरू गर्न आग्रह गरेका छन् । यसैगरी, दुईवटा चर्च संगठनहरू चर्चहरू बन्द गराएबापत राष्ट्रपति सिरिल रामाफोसा र अन्य मन्त्रीहरूलाई क्षतिपूर्ति तिराउन अदालत पुगेका छन् । तिनीहरूले केही सिनेमादेखि व्यापार व्यवसाय खुल्ला रहेको तर चर्च मात्र बन्द गरिएको गुनासो गरेका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।