विश्वकै सबैभन्दा अग्लो कुकुरको मृत्यु



कोपेनहेगन,(एजेन्सी) ।

डेनमार्कको फ्रेडी नामक विश्वकै सबैभन्दा अग्लो कुकुरको मृत्यु भएको छ । गिनिज वल्र्ड रेकर्डसले सन् २०१६ मा फ्रेडीलाई सो उपाधि दिएको थियो । साढे आठ वर्षको उमेरमा उनको हालै मृत्यु भएको हो । चार खुट्टा टेकेको अवस्थामा उनको उचाई तीन फिट चार इन्च रहेको पशु चिकित्सकहरुको दावी छ ।

त्यसैगरी पछाडिको दुई खुट्टामा उभिंदा उनको उचाई सात फिट र पाँच दशमलव पाँच इन्च रहेको छ । फ्रेडीका मालिक्नी क्लेयर स्टोनम्यानले उनी सबैभन्दा अग्लो मात्र नभई सबैभन्दा प्यारो र ठूलो मुटु भएको कुकुर रहेको गिनिज वल्र्ड रिकर्डस्लाई बताएकी छन् ।

स्टोनम्यान र फ्रेडी इंगल्यान्डको एस्सेक्समा वसोवास गर्दै आएका थिए । सन् २०१६ मा फ्रेडीलाई विश्व उपाधि जिताउने तयारीको क्रममा त्यसलाई दैनिक सिंगै सिंगै चिकेन रोस्ट र पिनट वटर राखिएका ब्रेड ख्वाउँदा आफुले प्रत्येक साता करिव १ सय २३ अमेरिकी डलर खर्च गर्ने गरेको बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्