प्रधानमन्त्री कप क्रिकेटको उपाधि त्रिभुवन आर्मीलाई



न्युज अफ नेपाल , काठमाडौं । सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधि कब्जा गरेको छ ।

शनिबार चौथो संस्करणको फाइनलमा एपीएफलाई ३३ रनले पराजित गर्दै आर्मीले उपाधिमाथि कब्जा जमाएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा पहिले ब्याटिङ् गरेको आर्मीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २१२ रनको लक्ष्य दिएको थियो ।

लक्ष्य पछ्याएको एपीएफले ४१ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर १७८ रन मात्र बनाएपछि आर्मीको जित सुनिश्चित भएको हो । आर्मीमा लागि हरी चौहानले ५८ रन बनाएर खेल ।

यस्तै राजेश पुलामीले २८, शाहब आलमले २५र लोकेश बमले १५ रन बनाए । सुशन भारी र रोहित पौडेल समान १३÷१३ रन जोडे । अनिल मण्डल र बिक्रम शोब समान ११\११ रनको योगदान दिए ।

उता एपीएफका लागि अविनास बोहोराले ४ , किशोर महतोले २ , कमल ऐरी, शरद भेषवाकर र भुवन कार्कीले समान १÷१ विकेट लिए । उपाधि जित्न सफल आर्मीले नगद १० लाख र उपविजेता एपीएफले ५ लाख रुपैयाँ प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्