अमेरिका र इयुद्वारा नाभाल्नीको रिहाइ माग



मस्को, (एजेन्सी) ।

संयुक्त राज्य अमेरिका र अन्य थुप्रै युरोपेली सरकारले रुसका विपक्षी राजनीतित्र एलेक्सेइ नाभाल्नीलाई रुसी हिरासत मुक्तिका लागि एकै श्वरमा सोमवार आब्हान गरेका छन् । चवालिस वर्षिय नाभाल्नीलाई आइतवार जर्मनीको उडानबाट रुसको राजधानी मस्को आइपुग्ने वित्तिकै प्रहरीले हिरासतमा लिएको थियो ।

स्नायु प्रणालीलाई क्षति पुर्‍याउने विषक्त वस्तुको आक्रमणमा झण्डै ज्यान गुमाउन पुगेका अभियनता नाभााल्नी पाँच महिनापछि जर्मनीबाट स्वदेश फर्केका हुन् । उनी माथि भएको विष आक्रमण पछाडी रुसी सरकारको हात भएको आरोप लगाइएको थियो ।

तर राष्ट्रपति भ्लादिमिर पुटिनले सरकारले उनलाई विष नदिएको दावी गरेका थिए । अनुसन्धानात्मक पत्रकारहरुले समेत विपक्षी राजनीतिज्ञको आरोपलाई समर्थन गरेका थिए । राष्ट्रपति पुटिनका कटर आलोचकको रुपमा चिनिने नाभाल्नीको गिरफतारीलाई लिएर अमरिका लगायन युरोपेली संघ ( इयु) ले आपत्ति जनाउनुका साथै उनलाई अन्य कुनै पनि अनुशासन सम्बन्धी कारवाही गर्ने चेतावनी समेत नदिन रुसी सरकारसंग आग्रह गरेको छ । अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले रुसी सरकारले आफ््ना विरोधिहरुका मुख थुन्ने प्रयास गदै आएको बताएका छन् ।

उनले नाभाल्नीको बिना शर्त तत्काल रिहाइको माग गरेका छन् । यसैगरी अमेरिकी नव निर्वाचित राष्ट्रपति जोय बाइडेनका आगामी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुल्लिभानले पनि क्रेमलिनले नाभाल्नीलाई आक्रमण गरी मानव अधिकार उल्लंघन गरेको मात्र नभई आफ्नो आवाज सुनोस् भन्ने चाहने रुसी जनताको अधिकार खोसेको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्