नम्बर परिवर्तन गरी चोरेको मोटरसाईकल चलाउने १ जना पक्राउ



काठमाडौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारीको बास्तविक नम्बर परिवर्तन गरी चोरीको मोटरसाईकल चलाउने १ जनालाई पक्राउ गरेको छ ।

पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले आजबालाजु बाईसधारा स्थित सडक खण्डबाट जिल्ला नुवाकोट तादी गाउँपालिका वडा नं. ६ बस्ने वर्ष २८ को अनिल तामाङ्गले बास्तविक नम्वर प्लेट परिवर्तन गरी बा६५प २३६६ नम्वर प्रयोग गरी चलाई चलाइरहेको अवस्थामा मोटरसाईकलसहित पक्राउ गरेको जानकारी ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दिनुभयो ।

काठमाण्डौं रामकोट स्थित सडक खण्डबाट बा६३प २६६ नम्वरको रातो रंङ्गको पल्सर मोटर साईकल हराएको भनि रामेछाप खाँडादेवी गाउँपालिका वडा नं. १ बस्ने कुल बहादुर श्रेष्ठलेमहाशाखामा निवेदन दिएका थिए ।हराएको निबेदनको आधारमा सुचना संकलन र हुलियाको आधारमा खोजतलास गरिहराएको मोटरसाईकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, स्वयम्भूपठाईएको महाशाखाका प्रवक्ता एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिनुभयो।

यस आ.व.०७७/०७८ मा चोरीमा संलग्न ३१ जना मनिस र १९ मोटरसाईकललाई पक्राउ गरी मुद्दा चलाउन विभिन्न प्रहरी ईकाइमा पठाएको छ भने चोरी भई खोजतलास गरी ११७ वटा मोटरसाईकल सम्बन्धित सवारी धनीलाई जिम्मा लगाएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्