प्रचण्ड–नेपाल समूहको स्थायी समितिको बैठक पेरिसडाडामा शुरू



काठमाडौं ।

नेकपा प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु भएको छ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा ) को स्थायी कमिटी बैठक पार्टी कार्यलय पेरिसडाडामा शुरू भएको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

वैठकमा विभिन्न राजनीतिक विषयमा छलफल हुने जनाइएको छ । नेकपा केपी ओली नेतृत्व र दाहाल नेतृत्वमा विभाजित भएपछि दुवै समूहले आ–आफ्ना समूहका बैठकहरु डाक्दै आएका छन् । यद्यपी अहिलेसम्म नेकपा औपचारिक रुपमा विभाजन भएको भने छैन । दुवै समूहले नेकपा नाम र सूर्य चिन्ह आफ्नो भएको दावी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्