नेकपाका दुबै समूहले निर्वाचन आयोगमा जवाफपत्र,आधिकारिताबारे आ-आफ्नै दाबी


सुनील महर्जन, काठमाडौं ।  आफूहरु नै नेकपाको आधिकारिक रहेको फेरि दाबी गर्दै ओली र प्रचण्ड–माधव पक्षले निर्वाचन आयोगलाई जवाफ दिएको छ ।ओली पक्षका नेता सुवास नेम्वाङको टोली बुधबार आयोग पुगेको थियो । निर्वाचन आयोगले मागेको पछिल्ला कागजातहरु, जवाफहरु बुझाएको नेता नम्वाङले बताउनुभयो ।

नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नै विभाजन नभएको दाबी गर्नुभएको छ ।साथै पार्टीमा आफू आधिकारिक भएको भन्दै उहाँले अरुले पठाएको जानकारी अभिलेखीकरण गरे आयोगले नै पार्टी एकताको भंगको घोषणा गरेको हुने दाबी गर्नुभएको छ । आयोगले गत पुस २३ गते दुवै पक्षलाई राजनीतिक दलसम्बन्धी नियमावलीको नियम २५ अनुसार सात दिनभित्र ‘सुधारिएको विवरण’ पेस गर्न भनेको थियो ।

आयोगले तोकेको म्यादको अन्तिम दिन ओली र प्रचण्ड–माधव दुवै पक्षले जवाफ पठाएका छन् ।ओलीले पठाएको ११ पृष्ठ लामो जवाफमा भनिएको छ– पुष्पकमल दाहालसमेतले आयोगमा पत्र पठाई पार्टी विभाजनको हिसाबले पत्राचार गरे पनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएको छैन र, होइन ।आफ्नो नेतृत्वमा आगामी मंसिर २–६ गतेसम्म एकता महाधिवेशन गर्ने निर्णय गरी पार्टीको प्रथम अध्यक्षको नाताले पार्टी एकीकरणको मर्मअनुरुप र विधानअनुसार गठन भएको केन्द्रीय कमिटीमा प्रचण्ड दोस्रो अध्यक्ष र माधवकुमार नेपाल तेस्रो अध्यक्ष रहेको बताइएको छ ।

प्रचण्ड–माधव पक्षले पेस गरेको माइन्युटमा हस्ताक्षर गर्नेहरुमध्ये धेरैले आफूहरुले बोलाएको बैठकमा हस्ताक्षर गरेको समेत उहा“ले दाबी गर्नुभएको छ । ‘पार्टीको वैधानिक व्यवस्थाबमोजिम मैले पठाएको बाहेक अन्य कसैले पठाएको अनधिकृत जानकारी अभिलेखीकरण हुनुको अर्थ पार्टी एकताको भंगको घोषणामा हुन जान्छ, जुन कार्य आयोगले गर्न सक्दैन ।’ –पत्रमा भनिएको छ ।पार्टीको पहिलो अध्यक्ष भएकाले आफू नै आधिकारिक भएको उहा“ले पटकपटक दाबी गर्नुभएको छ ।अर्कोतर्फ प्रचण्ड–माधव पक्षले पार्टीको आधिकारिक पक्ष आफूहरु नै रहेको जिकिर गर्नुभएको छ ।आयोगले गत पुस २३ गते दुवै पक्षलाई राजनीतिक दलसम्बन्धी नियमावलीको नियम २५ अनुसार सात दिनभित्र सुधारिएको विवरण पेस गर्न भनेको थियो ।

आयोगले तोकेको म्यादको अन्तिम दिन दुवै समूहले जवाफ पठाएका छन् । प्राप्त विवरण हेरेर आयोगले निर्णय लिने प्रवक्ता राजकुमार श्रेष्ठले बताउनुभयो । यसअघि आयोगले आयोगमा रहेको दल दर्ता किताबको विवरण अद्यावधिक गर्न नसकिने भन्दै दुवै पक्षलाई पत्र पठाएको थियो । यसअघि प्रचण्ड र माधव पक्षले पार्टी अध्यक्ष ओलीलाई पार्टीको तेस्रो पूर्ण बैठकको निर्णयअनुसार अनुशासन उल्लंंघनमा कारबाही गरी अध्यक्ष पदबाट हटाई सो पदमा पार्टीको वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष पदमा चयन गरेको हुँदा पदाधिकारी हेरफेर बेहोरा राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ तथा राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम २५ अन्तर्गत पदाधिकारी हेरफेर भएको बेहोरा जनाई दल दर्ता किताबमा अभिलेख राखी अध्यावधिक गरिदिनु भन्दै आयोगलाई जवाफ दिएको थियो।

त्यसैगरी केपी पक्षले विधान संशोधन गरी केन्द्रीय सदस्य थप गरिएको पत्र आयोगमा पठाएको थियो ।पार्टीमा गरिएका केन्द्रीय सदस्य हेरफेर विधान सम्मत सुधार गरिए मात्रै दल दर्ता किताबमा अद्यावधिक गर्न सकिने आयोगले दुवै पक्षलाई पत्राचार गरेको थियो । विधानको सो व्यवस्थाअनुसार पार्टीमा आधिकारिकताको मागदाबी नभएसम्म नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवैको हस्ताक्षर भएका पत्रलाई मात्रै मान्यता दिन सकिने बताएको बुझिएको छ ।

Skip This