न्युयोर्कमा खोप लिनेहरुमा कमी



न्युयोर्क (एजेन्सी)

अमेरिकामा कोरोना भाइरस विरुद्धको खोप अभियानमा दुई प्रकारको खोप प्रयोग भइरहेको छ । यस अभियान अन्तर्गत पहिलो चरणमा विशेष क्षेत्रमा काम गर्नु पर्नेहरुका लागि खोप दिइरहेको छ । यसमा स्वास्थ्यकर्मी, अत्यावश्यक कर्मचारी र बृद्धहरु समावेश छ ।

यसबीच कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकी राज्य मध्यको एक न्युयोर्कमा खोप लिने कमै मात्र देखिए । यसले गर्दा खोपका कयौं डोज विग्रेकोले फ्याँक्नु परेको छ । यस समस्याबाट बच्न राज्यमा लगातार दोस्रो दिन खोप अभियान नियममा परिवर्तन गरिएको छ ।

आइतबार न्युयोर्कले फ्रन्टलाइन हेल्थ वर्कर नभनिएका तर स्वास्थ्य सेवा दिन संस्थानहरुमा कार्यरत कर्मचारीलाई पनि खोप लगाउन सकिने फैसला गरेको थियो । यसमा औषधी पसलमा बस्ने केमिस्ट, अस्पताल वा औषधी पसलका लेखापाल पनि परेका छन् ।

यअसघि शनिवार नियममा छुट दिँदै अत्यावश्यक कर्मचारीको दायरालाई बढाइएको थियो । यसमा शिक्षकलाई पनि समावेश गरिएको थियो । अमेरिकामा जब कोरोना खोप अभियान शुरु भएको थियो, त्यतिबेला कयौं स्थानमा नियम उलंघनको मामिला देखिएको थियो । त्यतिबेला निर्धारित दायरा बाहिरका कुनै ब्यक्तीले खोप लिएमा जरिवान लाग्ने नियम थियो ।

अमेरिका र बेलायतमा यतिबेला सबैभन्दा कोरोना संक्रमणले तिब्रता लिइरहेको छ । आइतबार अमेरिकामा २ लाख १३ हजार ४ सय ५३ नयाँ संक्रमित पुष्टि भएको थियो भने बेलायतमा यो संख्या ५४ हजार ९ सय ४० देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्