विश्वकै धनी एलन मस्ककी प्रेमिका कोरोना संक्रमित



लसएन्जलस (एजेन्सी)

विश्वकै सबैभन्दा धनी स्पेस एक्सका मालिक एलन मस्ककी प्रेमिका ग्रिम्स कोरोना संक्रमित भएकी छन् । ग्रिम्सले अन्तत आफु कोरोना भाइरसबाट पिडित भएको बताएकी छन् । क्यानाडाकी चर्चित गायिका तथा हालै मात्र आफ्नो छोरा एक्सएइए एक्सआईआईलाई जन्म दिएकी ग्रिम्सले इन्स्टाग्राम पोस्टमा कोरोना पोजिटिभ भएको जानकारी दिएकी थिइन् । आफु अनाठोे तरिकाले ज्वरोको आनन्द लिइरहेको उनले पोस्ट गरेकी छन् ।

ग्रिम्सले एलन मस्क र उनका छोरालाई पनि कोरोना संक्रमण भएको छ वा छैन भन्न बारेमा नबताएको न्युयोर्क पोस्टले जनाएको छ । गत हप्ता मात्रै ग्रिम्सले आफ्नो एल्बमको रिव एडिसन लन्च गरेकी थिइन् । उनको ओरिजिनल एल्बम अत्यन्तै लोक प्रिय भएको थियो ।

यसअघि एलन मस्कले कोरोना जाँच बेकार भएको टिप्पणी गरेर विवाद उठाएका थिए । आफुलाई गरिएको परीक्षणहरुमा एकै दिन एक पटक पोजिटिव र अर्को पटक नेगेटिव आएको उनले बताएका थिए । ४ पटक गरिएको कोरोना परीक्षणमा दुई पटक पोजिटिव र दुई नेगेटिभ आएको उनले जानकारी दिए ।

आफुलाई भए जस्तै अरुलाई पनि त्यस्तै भइरहेको हुन सक्ने उनले बताएका थिए । आफुलाई चिसोका कारण लाग्ने रुघाको सामान्य लक्षणमात्र रहेको र कुनै प्रकारको असामान्य लक्षण नभएको टेस्लाका पनि मालिक मस्कले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्