कोरोना संक्रमितलाई आर्थिक सुरक्षा



ओमशंकर श्रेष्ठ

१. जेरेमी ज्याकोब्स :अमेरिकाको डेलावर नर्थस्थित ज्याकोब्सको खाद्यान्न सेवा तथा सहुलियत कम्पनीले ढिलै भए पनि १ अप्रिलमा कोरोना भाइरसबाट प्रभावित आफ्ना ६८ जना पूर्णकालीन कर्मचारीलाई अस्थायी बिदामा राख्ने, एक साताको भुक्तानी बिदा तथा आठ साताको पूर्ण सुविधा दिने निर्णय गरेको छ । तर, त्यस कम्पनीका ८२ जना ज्यालादारी कर्मचारीको भने अनिश्चित कालसम्म तलबमा कटौती गरिने भएको छ । बोस्टन ग्लोबका अनुसार ज्याकेब्सको टीडी गार्डेन र सोही कम्पनीअन्तर्गतको बोस्टन ब्रुइन्सले पार्टटाइम कर्मचारीहरूलाई बिदावारी गरिएको छ । तर, ज्याकोब्सले तिनीहरूको सहयोगका लागि पनि १५ लाख अमेरिकी डलरको कोष खडा गरिदिएका छन् ।
२: केन ग्रिफिन
सन् २०२० को ४ फेब्रुअरीमा अर्बपति केन ग्रिफिनको राहत सहयोग कोष सिटाडलले कोरोना भाइरसको मुख्य केन्द«बिन्दु चीनको हुवेई प्रान्तलाई ७५ लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको थियो । यसै क्रममा सिटाडलका साझेदार सिटाडल सेक्युरिटिजले सिकागोको ५ सय विद्यालयका विद्यार्थीहरूलाई खुवाउन १० लाख डलर तथा ४५ लाख जनाको खानाका लागि ग्रेटर सिकागो फुड डिपोजिटरीलाई १५ लाख डलर प्रदान गरेको छ । यसैगरी, ६ अप्रिलमा सिटाडेल न्युयोर्कको एउटा अस्पताललाई कोभिड–१९ रोकथाम तथा विशेष परीक्षण र उपचारका लागि ५० लाख डलर दान दिने घोषणा गरेको थियो ।
३: लुका गाराभोग्लिया
मदिराजन्य पेय पदार्थ निर्माण समूह क्याम्पारीको प्रमुख कार्यकारिणी अधिकृत लुका गाराभोग्लियाले इटालीको मिलान शहरस्थित अस्पतालहरूको समूह फेटबेनेफटेल्ली साक्कोलाई करिब ११ लाख अमेरिकी डलर चन्दा दिने घोषणा गरेका छन् ।
४: बिल गेट्स, मेलिन्डा गेट्स
माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्सले ५ फेबु्रअरीमा विश्वभरि कोभिड–१९ परीक्षण, आइसोलेसन र उपचारका लागि बिल–मेलिन्डा गेट्स फाउन्डेसनले १० करोड अमेरिकी डलर प्रदान गर्ने बताएका थिए । सो धनराशिको आधाभन्दा बढी परिमाण विकासोन्मुख मुलुकमा कोरोना भाइरसविरुद्धको खोप विकास, उपचार तथा रोग पहिचानमा खच गर्न दिइने बताइएको थियो । तर, मे महिनाको मध्यसम्ममा यस फाउन्डेसनले वाचा गरिएको सहयोग रकम बढाएर ३० करोड ५० लाख डलर पुर्‍ययो । गेट्स दम्पतीले अमेरिकामा राष्ट्रिय रोग पहिचान प्रणालीका लागि आह्वान गर्नुका साथै राष्ट्रपति डोनाल्ड ट्रम्पको विश्व स्वास्थ संगठन (डब्ल्युएचओ) लाई आर्थिक सहयोग रोक्ने घोषणाको आलोचना पनि गरेका थिए ।
५:माइकल डेल
गत ३ अप्रिलमा डेलले ‘लिंक्ड इन’ मार्फत १० करोड अमेरिकी डलर चन्दा दिने घोषणा गरेका थिए । उनले त्यसमध्ये २ करोड डलर बिल गेट्सको कोभिड–१९ थेरोप्युटिक्स एक्सेलरेटरमा खर्चिने जानकारी दिए । बाँकि ८ करोड डलर स्वास्थ्य स्याहार प्रणाली, गैरआयमूलक योजनाहरू, शिक्षा र साना व्यापार व्यवसाय प्रवद्र्धनमा खर्च गरिने बताइएको छ । आफ्नै नाममा प्रविधि व्यापार क्षेत्रमा तहल्का मच्चाउँदै आएको डेलले चीनका अस्पतालहरूमा सर्जिकल मास्क लगायतका अन्य मेडिकल सामग्री खरिदका लागि २ लाख ८४ हजार डलर दिनेसमेत घोषण गर्‍याे । साथै, डेलले चीनको हुबेई प्रान्तस्थित रोग नियन्त्रण तथा रोकथाम केन्द्रका लागि ८ लाख ५३ हजार डलर बराबरको आइटी सेवा पनि निःशुल्क उपलब्ध गराउँदै छ । यसैबीच, डेल कम्पनीले विश्वव्यापी रूपमा कोभिड–१९ विरुद्ध विभिन्न प्रयास थालनीका लागि पनि ३० लाख डलर बराबरको प्राविधिक सहयोग छुट्याएको छ ।
६: माइकल ब्लुमवर्ग
गत २३ अप्रिलमा सञ्चार उद्यम क्षेत्रका अर्बपति माइकल ब्लुमवर्गले कोभिड–१९ रोकथाम र सहयोगका विभिन्न क्षेत्रमा खर्च गर्न कम्तिमा ७ करोड ४५ लाख अमेरिकी डलर प्रदान गर्ने प्रतिबद्धता जनाएका थिए । यसअन्तर्गत उनले विकासोन्मुख मुलुकहरूमा कोभिड–१९ फैलनबाट रोक्ने कामका लागि ४ करोड डलर, न्युयोर्क सिटीका ३० हजार स्वास्थ्यकर्मीलाई करिब १० लाख छाक खाना खुवाउन वल्र्ड सेन्ट्रल किचेनलाई ६० लाख डलर तथा डब्ल्युएचओका कार्यक्रम सञ्चालनका लागि ८० लाख डलर दिने घोषणा गरेका थिए । डब्ल्युएचओले सो रकम ‘ग्लोबल सिटिजन्स वन वल्र्ड  टुगेदर एट होम’ नामक कार्यक्रमका लागि खर्च गर्ने बताइएको छ । यसैगरी, २३ अप्रिलमा ब्लुमवर्गले अमेरिकाको न्युयोर्क राज्यको कोभिड–१९ पहिचान कार्यक्रमका लागि १ करोड ५० लाख डलर र अन्य संस्थागत सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । त्यसको भोलिपल्टै उनले अन्तर्राष्ट्रिय उद्धार समितिलाई १ करोड डलर चन्दा दिएका थिए । साथै, उनले न्युयोर्कस्थित गैरआयमूलक संस्थाहरूलाई ९ करोड ५० लाख डलर बराबरको ब्याजरहित ऋण सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्