कोरोनाका कारण पछिल्लो २४ घण्टामा विश्वभर १४ हजार भन्दा धेरैले ज्यान गुमाए



न्युज अफ नेपाल, काठमाडौँ ।

विश्वभर हालसम्म ८ करोड ९३ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर थप ८ लाख २० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा ३ लाख बढी मानिस कोरोना मुक्त भएसँगै डिस्चार्ज हुनेको संख्या ६ करोड ३९ हजार ९४ हजार नाघेको छ ।

त्यस्तै, हालसम्म १९ लाख २० हजार ७९० संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर १४ हजारभन्दा धेरैको मृत्यु भएको छ । कुल संक्रमितको आधारमा मृत्यु हुनेको यो संख्या २.१५ प्रतिशत हो ।

हाल सक्रिय संक्रिमतको संख्या २ करोड ३४ लाख १६ हजार ५३६ रहेको छ जसमध्ये १ लाख ८ हजार ८५४ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्