शान्तिपूर्ण ढंगले सत्ता छाड्न तयार : ट्रम्प



वासिंगटन, (एजेन्सी) ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका हजारौं समर्थकले अमेरिकी क्यापिटल भवनमा विश्वलाई नै स्तब्ध पार्ने गरी आक्रमण गरेको भोलिपल्ट नियम संगत र शान्तिपूर्ण ढंगले सत्ता हस्तान्तरण गर्न आफु प्रतिवद्ध रहेको बताएका छन् । ट्विटर मा रोक लगाइएका ट्रम्पले ट्विटर मार्फत् नै सो प्रतिक्रिया व्यक्त गरेका छन् ।

यसलाई उनको इलेक्टोरल पराजय पछिको पहिलो सार्वजनिक सत्य तथ्य स्विकारोक्ति मानिएको छ । वरिष्ठ डेमोक्रेटहरुले आफुलाई राष्ट्रपति कार्यालयबाटै हटाउन अभिव्यक्ति दिन थालेपछि ट्रम्पले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

प्रदर्शनकारीबाट क्यापिटल भवनमा भएको आक्रमण दौरान चारजनाको ज्यान गएको थियो । क्यापिटल प्रहरीले सोही भिडन्तमा घाइते हुन पुगेका एकजना प्रहरीको पनि ज्यान गएको पुष्टि गरेको छ । राष्ट्रपति जोय बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई औपचारिक रुपमा नोभेम्वरको चुनावमा विजयी घोषणा गर्ने कार्यक्रम प्रदर्शनकारीको हुलदँगाको कारण केहि समय ढिलाई हुन पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्