दक्षिण कोरियामा जनसंख्या घट्दो क्रममा, सरकार चिन्तित



सोल (एजेन्सी)

दक्षिण कारियामा पहिलो पटक जनसंख्या घटेको छ । इतिहासमै पहिलो पटक यो बर्ष देशको जनसंख्या घटेकोमा सरकार चिन्तित बनेको छ । सन् २०२० मा जन्म भन्दा धेरै मृत्यु बढी भएको सरकारी तथ्यांकले देखाएको हो । दक्षिण कोरिया पहिले देखि नै विश्वमा सबैभन्दा कम जन्मदर भएका देशमा पर्छ ।

ताजा आंकडा अनुसार डिसम्बर अन्त सम्ममा देशको आवादी ५ करोड १८ लाख २९ हजार २३ थियो । त्यस अघिको बर्षको तुलनामा यो २० हजार ८ सय ३८ कम हो । सन् २०२० मा यहाँ २ लाख ७५ हजार ८ सय शिशुको जन्म भयो । यो सन् २०१९ को तुलनामा १० प्रतिशत कम हो । गत बर्ष दक्षिण कोरियामा करिब ३ लाख ७ हजार ७ सय ६४ को मृत्यु भयो । देशको आवादी कयौं दशक देखि हरेक बर्ष बढिरहेको थियो तर बृद्धी दर भने कम भइरहेको थियो ।

सन् २०१० मा जनसंख्या बृद्धीदर १ दशमलव ४८ थियो जनु सन् २०१९ मा घटेर शुन्य दशमलव सुन्य पाँच (०.०५) प्रतिशतमा झरेको थियो । सन् २०१९ मा दक्षिण कोरियामा जनदर मात्र सुन्य दशमलव ९२ पुगेको थियो ।
बर्तमान आंकडाले दक्षिण कोरियालाई आफ्नो नीतिमा सोच्न बाध्य बनाएको छ ।

देशको गृह मन्त्रालयले आफ्नो नीतिहरुमा यसलाई लिएर मुलभुत परिवर्तन हुने उल्लेख गरेको छ । एसियाको चौथो ठुलो अर्थब्यवस्थाका लागि घट्दो जनसंख्या र बढ्दो बृद्ध आवादी चिन्ताका विषय बनेको छ । अहिले दक्षिण कोरियामा ६० बर्ष पुगेकाहरुको संख्या कुल आवादीको २४ प्रतिशत पुगेको छ ।

बढ्दो बृद्ध आवादीका कारण स्वास्थ्य सेवा तथा पेन्सनको भारले अधिक राजस्व खर्च गर्ने दवाब बढिरहेको छ । यसमा पनि युवाहरुको कम भइरहेको आवादीका कारण देशमा कामदारहरुको कमी भइरहेको छ । दक्षिण कोरिायामा ठुलो संख्यामा महिला काम तथा जीवन यापनका अन्य आवश्यकताबीच सन्तुलन बनाउने काममा लागिरहेका छन् । जसले गर्दा बच्चा जन्माउन र विवाह गर्न उनीहरु उत्साहित भइरहेका छैनन् ।

गत महिना राष्ट्रपति मुन जेईले कम जन्म दरको समस्यासँग लड्न आमालाई पैसा दिने योजना अगाडी सारेको छ । उक्त योजनामा सन् २०२२ मा हरेक जन्मने बच्चाका लागि ६ सय ७५ युरो अर्थात १० लाख वान आमालाई प्रदान गरिनेछ । यो बाहेक एक बर्षको उमेरसम्म ३ लाख वान प्रति महिना दिइनेछ । सन् २०२५ सम्म यो रकम बढाएर पाँच लाख वान पुर्याइने छ ।

प्रतिक्रिया दिनुहोस्