जर्जियाको चुनाव परिणाम बाइडेनको पक्षमा आउने निश्चित



वासिंगटन,(एजेन्सी)

अमेरिकी नव निर्वाचित राष्ट्रपति जो बाइडेनको डेमोक्रेटिक पार्टीले जर्जियाको दुईवटा निर्वाचनको परिणाम सार्वजनिक हुनासाथ सिनेटमा आफ्नो नियनत्रण प्राप्त गर्ने संभावना बढि देखिएको राजनीतिक विश्लेषकहरुले बुधवार बताएका छन् । एटलान्टा निवासी पास्टर राफेल वार्नकले सिनेटरको निर्वाचन करिव जितिसकेकै स्थितीमा रहेको तथा अर्का डेमोक्रेटिक उम्मेदवार जोन ओस्सोफ चुनाव जित्ने तरखरमा रहेको बताइएको छ ।

यसरी यदि दुवैजना डेमोक्रेटिकले विजय हासिल गरेको खण्डमा बाइडेनलाई आफ्ना विधान सभाका एजेन्डालाई अघि बढाउन धेरै सजिलो हुनेछ । जर्जियाको नियम अनुसार उम्मेदवारले विजय हासिल गर्न ५० प्रतिशत भन्दा बढि मत हासिल गर्नुपर्ने प्रावधान भएकाले पुन निर्वाचनको आयोजना भएको हो ।

नोभेम्वरको चुनावमा कुनै पनि उम्मेदवारले नियम अनुसार मत हासिल गर्न सकेका थिएनन् । युएस टिभि नेटवर्कका अनुसार ९८ प्रतिशत मतगणना सकिँदा समम वार्नक अग्र स्थानमा रहेका छन् । दोश्रो उम्मेदवारको चुनावी नतिजाले बाइडेनको पहिलो दुई वर्षिय कार्यकालमा सिनेट माथिको नियन्त्रण निर्धारण हुनेछ । वार्नक जर्जिया राज्यको इतिहासमै पहिलो काला जातिको सिनेटर बन्ने भएका छन् ।

अमेरिकाको गृहयुद्ध कालमा यो राज्य दासहरुको राज्यको रुपमा चिनिथ्यो । साथै वार्नक अमेरिकाको इतिहासमै एघारौ काला जातिका सिनेटर हुनेछन् । वार्नकले ५० दशमलव ६ प्रतिशत मत सहित विजय हासिल गर्ने करिव निश्चित भइसकेको छ । उनका प्रतिद्वन्द्वी रिपब्लिकन केल्ली लाएफलरले ४९ दशमलव ४ प्रतिशत मत पाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्