कोभीड-१९ खोप लगाएको दुई दिनपछि मृत्यु



An Israeli medical worker holds a coronavirus disease (COVID-19) vaccination, at Tel Aviv Sourasky Medical Center (Ichilov), on December 20, 2020. Photo by Miriam Alster/Flash90 *** Local Caption *** בישראל נגד נגיף הקורונה קורונה חיסון תל השומר איכילוב *** Local Caption *** בישראל נגד נגיף הקורונה קורונה חיסון תל השומר איכילוב

पोर्चुगलका एक स्वास्थ्यकर्मीको कोभीड-१९ खोप लगाएको दुई दिनपछि मृत्यु भएको छ ।

विश्व समुदायको लागि स्तब्ध पार्ने यो खबरले फ़ाइजर बायोटेकको खोपको सुरक्षा र दक्षताबारे प्रश्न उठाएको कुरा मिडियाहरुले जनाएका छन् ।

बेलायतबाट प्रकाशित डेली मेल अनुसार ४१ वर्षीया नर्स सोनिया असेभेडोलाई शुक्रबार (जनवरी १) आफ्नो घरमा ‘अचानक मृत्यु’ भएको थियो । फाइजर – बायोटेकले बनाएको खोप लगाएको ४८ घण्टापछि उनको ‘अचानक मृत्यु भएको थियो । सोनिया असेभेडोलाई पहिले कुनै स्वास्थ्य समस्या नभएको र खोप लिएपछि कुनै साइड इफेक्ट पनि नदेखिएको जनाईएको छ ।

सोनियाले पोर्टोको बाल-चिकित्सक विभागमा पोर्चुगिज इन्स्टिच्युट अफ ओन्कोलोजीमा काम गर्थिन । उनका दुई जना छोराछोरीहरु छन् र उनि आफ्नो परिवार संग बस्ने गर्थिन । उनी अग्रपंक्तिकी स्वास्थ्य कार्यकर्ता भएकाले बुधबार (जनवरी ३०) खोप लगाईएको थियो । आफ्नी छोरीको मृत्युपछि स्तब्ध भएकी अबिलियो असेभेडोले सम्बन्धित अधिकारीहरूलाई उनको मृत्युको जाँच गर्न अनुरोध गरेकी छन् ।

आफूले मृत्युको कारण बारे ‘जवाफ चाहेको’ बताएकि छिन् । उनकि आमाले पोर्चुगिज समाचार एजेन्सी कोरेयोका डा मान्हासँग कुरा गर्दा उनी ठीक रहेको र कुनै स्वास्थ्य समस्या नरहेको बताएकी छिन । मृतक महिलाले कोभीड-१९ खोप लिएकी थिइन् तर मृत्यु अघि कुनै लक्षण भने नदेखिएको भन्दै छोरीको मृत्युको कारण के जान्न चाहेको कुरा बताएका छन् ।

‘जनवरी १, २०२१ मा पोर्टो आई पीओ बाट एक परिचालन सहायकको अचानक मृत्युको सन्दर्भमा पोर्चुगिज इन्स्टिच्युट अफ ओन्कोलोजीले एउटा विज्ञप्ति जारी गरेको छ । उक्त संस्थाका बोर्ड अफ डायरेक्टरले उक्त घटनाको पुष्टि गरेका छन् । ति महिलाको मृत्युको कारण यकिन नभए पनि अपुरणीय क्षति महसुस भएको भन्दै परिवार तथा साथीहरूलाई प्रति पछुतो व्यक्त गरेका छन् ।

यस्तै गरेर अमेरिकाको फुड तथा ड्रग एडमिनिस्सट्रेसन बिभागका अनुसार भ्याक्सिन लगाएको २ साता देखिमात्र काम प्रभावकारी गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्