कैदी थुन्ने खोर सहितको घर बिक्रीमा



न्युयोर्क,(एजेन्सी)

संयुक्त राज्य अमेरिकाको भर्मोन्ट स्थित बिक्रिमा राखिएको एउटा घरको अनौठो विशेषताको कारण अनलाइनमा भाइरसले भएको छ । वास्तवमा विगतमा काउन्टिको कारागार रहेको सो घरमा कैदी थुन्ने सातवटा खोर पनि छन् ।

गिल्डहलमा रहेको सो घर बिक्रिका लागि तस्वीर सहित रियलटर डटकममा विज्ञापन गरिएको छ । सन् १९६९ मा एस्सेक्स काउन्टी जेलको रुपमा यसको प्रयोग बन्द भएपछि यसलाई जेलरको रुपमा प्रयोग गरिँदै आएको थियो । यस घरको उत्तरतिरको पर्खालसंग जोडिएको कारगार भवनमा झ्याल रहित सात वटा खोर रहेको छ ।

उक्त विज्ञापनमा यस घरमा पुरानै जस्ताको त्यस्तै खोर र जेलरको कार्यालय रहेको उल्लेख गरिएको छ । १ लाख ४९ हजार अमेरिकी डलर मूल्य तोकिएको यस घरमा चारवटा शयन कक्ष , दुईवटा बाथरुम र एउटा स्टेनलेस स्टिलका सामग्री सहितका अत्याधुनिक किचेन रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्