डेटिंग एप्समा मजबुत र उत्कृष्ट सम्बन्ध भेटिन्छन् !



लन्डन,(एजेन्सी) । 

डेटिंग एप्स छिटो साथी खोज्ने प्लेटफर्मको रुपमा लिइन्छ । तर हालै गरिएको एक अध्ययनले वास्तवमा यस्ता एप्पसबाट खोजिएका साथीसंगको सम्बन्ध उत्कृष्ट हुने गरेको रोचक तथ्य पत्ता लगाएको छ । परम्परागत रोमान्सबाट शुरु भ्एका सम्बन्ध भन्दा अनलाइनमा भेटिएको सम्बन्ध निकै दिगो हुने गरिएको हालै दम्पतीहरु मथि गरिएको एक सर्भेक्षणले देखाएको छ ।

मनोविदहरुले डेटिंग एप्सबाट टाढा रहनेहरुलाई विशेष साथी र मजबुत सम्बन्ध पाउनका लागि यस्ता एप्स प्रयोग गर्न सल्लाह दिन थालेका छन् । स्विजरल्यान्डमा १८ वर्ष उमेर माथिका ३ हजार २ सय ३५ जोडी माथि गरेको अध्ययनबाट विश्वसनिय सम्बन्धका लागि डेटिंग एप्स नै निकै उपयोगी रहेको पत्ता लगाएको लन्डनबाट प्रकाशित हुने दि सन पत्रिकाले जनाएको छ ।

टिन्डर र बम्बल जस्ता एप्स प्रयोग गर्ने महिलाहरुमा सन्तान पाउने धेरै इच्छा हुने गरेको पाइएको छ । साथै यस्ता एप्समा भेटने महिला तथा पुरुष अन्य जोडी जस्तै यौनात्मक र सामाजिक रुपमा सन्तुष्ट रहेको पाइएको छ । यस सर्भेक्षणले एप्सले विकास गर्न लामो दुरीमा रहेका र असमान व्यक्तिहरु र बिच सम्बन्ध तथा विशेष गरी उच्च शिक्षित महिलार कम पढेलेखेका पुरुषहरुबिच डेटिंग हुने संभावना बढि हुने गरेको पनि देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्