पाल्तु जनावरका लागि चिहान



याँगुन, (एजेन्सी)

म्यान्मारको व्यवसयिक शहर याँगुनमा एउटा अनौठो चिहान केवल पाल्तु जनावरहरुलाई समाधिस्थ गर्न बनाइएको छ । त्यहाँ ‘ ट्रिजर’ , ‘ ब्ल्याकी ’ , ‘प्रिन्सेस’ र ‘बार्क ए लोत्जी’ नामक कुकुरदेखि बिरालो जस्ता थुप्र्रैका सिनो गाडिएका छन् ।

जनावरका मालिकहरुले सम्मान र प्रेमपुर्वक यसरी मानिसलाई जस्तै अन्तिम संस्कार गरेर त्यहाँ गाड्न लगाएका हुन् । स्थानिय डाक्टर टिन टुन नाइँग सो चिहानका लागि ठलो जमिन उपलब्ध गराएका हुन् । सन् २०१५ आफ्नो ‘ लिटिल डटर ’ नामक कुकुर मरेपछि त्यसलाई गाड्न त्यो जमिन पहिलो पटक प्रयोगमा ल्याएका थिए ।

पन्ध्र वर्षसम्म आफुसंग जीवन व्यतित गरेका त्यो कुकुर्नीलाई उनले प्रेम र सम्मान प्रकट गरेर त्यसरी अन्त्येष्टि गरेका थिए । घना आवादी भएको याँगुनमा जनावर पाल्नेको संखया बढिरहेको छ । आफ्नै बंगैचा हुनेले त मरेका जनावरलाई त्यहिं गाड्छन । तर अधिकांशले जनावरको सिनोलाई खेत र खोलामा त्यसै फाल्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्