रुस इबोला र मारबर्ग भाइरसलाई घातक हतियार बनाइरहेको छ : बेलायत



लन्डन (एजेन्सी)

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन अत्यन्त खतरनाक इबोला भाइरसलाई महाविनासक हतियार बनाइरहेको बेलायतका सैन्य विशेषज्ञले चेतावनी दिएका छन् । यो उनको जैविक हतियार परियोजनाको हिस्सा भएको उनले बताए । रुसको गुप्तचर एजेन्सी एफएसबीको युनिट ६८२४०ले यो पुरै कार्यक्रम सन्चालन गरिरहेको र यको सांकेटिक नाम टोलेडो भएको उनले बताए । यही युनिट माथि नै पुटिनका विरोधीहरुलाई विष दिने गरेको आरोप लागेको हो ।

रुसको उक्त गुप्तचर एजेन्सीको युनिट ६८२४० इबोला र यो भन्दा धेरै खतरनाक मारबर्ग भाइरसमा शोध गरिरहेको मिरर अखबारले जनाएको छ । यो भाइरसले भिषण प्रकोप फैलाउँछ र संक्रमित भएपछि मान्छेको अंगले काम गर्न बन्द गर्छ । शरीर भित्र ठुलो परिमाणमा रगत बग्न थाल्छ । बेलायतका एक पुर्व सैन्य अधिकारीलाई के डर छ भने, रुस यी भाइरसको शोधबाट अगाडी बढिसकेको छ र टोलेडो प्रोजेक्ट अन्तर्गत हतियार बनाउने काममा लागिसकेको छ ।

टोलेडो स्पेनको एक शहर हो जुन प्लेग फैलिएपछि मसानघातमा परिणत भएको थियो । सन् १९१८ मा फ्लुको विनाशलीलाको कहर भोगेको अमेरिकाको ओहायोको एक शहरको नाम पनि टोलेडो नै हो । गैर सरकारी संस्था ओपेन फ्याक्टोका जाँचकर्ताहरु अनुसार रुसी रक्षा मन्त्रालयमा एक गोप्य साखा छ जसको नाम सेन्ट्रल रिसर्च इन्स्टिच्युट हो र यसले दुर्लभ तथा घातक भाइरसमाथि शोल गर्छ ।

मस्को स्थिति ४८ सेन्ट्रल रिर्च युनिको सम्बन्ध ३३ औ सेन्ट्रल रिसर्च इन्स्टिच्युटसँग छ, जसले नर्भ एजेन्ट नोविचोक बनाएको हो । यसै घातक विषका माध्यमबाट पुटिनका विरोधीहरुमाथि हमला गरेको आरोप लागेको हो । अमेरिका र रुस दुबैले संस्थानहरुमा जैविक हतियारमाथि सोध गर्न प्रतिबन्ध लगाएको ओपेन फ्याक्टोले उल्लेख गरको छ । यद्यपी रुस र बेलायत दुबैले देशका प्रयोगशालामा जैविक तथा रासायनिक युद्धको अध्ययन अरिरहेको छ जसमा नोविचोक जस्ता विषबाट आफ्नो सुरक्षा कसरी गर्न सक्छ, थाहा पाउने प्रयास भइरहेको छ ।

रुसले बेलायतको सडकमा नोविचोक विष खुला रुपमा प्रयोग गरिसकेको एक सुत्रलाई उदृत गर्दै मिररले जनाएको छ । यसको अर्थ इबोला र मारबर्ग भाइरसको घातक क्षमतालाई हतियारका रुपमा विकसित गर्न पनि शोध भइरहेको उक्त सुत्रले दावी गरे । मारबर्ग त्यसतो भाइरस हो जसबाट संक्रमित हुने ८८ प्रतिशतको मृत्यु हुने गर्छ ।

प्रतिक्रिया दिनुहोस्