पार्टी एकताका पक्षमा दृढतापूर्वक उभिन नेताकार्यकर्तालाई आह्वान



बझाङ । नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का जिल्ला अध्यक्ष मीनबहादुर कुँवरले जिल्लाका नेताकार्यकर्तालाई पार्टी एकताका पक्षमा दृढतापूर्वक उभिन आह्वान गर्नुभएको छ । प्रतिनिधिसभा विघटन भएपछि जिल्ला तथा देशभर सोको समर्थन र विरोधमा नाराजुलुस भएपछि उहाँले हरेक सच्चा कम्युनिष्टका कार्यकर्ताले सत्यतथ्यका आधारमा समर्थन वा विरोध गर्नुपर्नेमा जोड दिँदै पार्टीलाई एक ढिक्का राख्न योगदान दिन आग्रह गर्नुभएको छ ।

अध्यक्ष कुँवरले सामाजिक सञ्जाल फेसबुकमार्फत चुनौतीलाई कुशलतापूर्वक सामना गरे मात्रै सही विचार र नेतृत्व स्थापित हुने र त्यो माक्र्सवादी मान्यता भएको जनाउँदै भावनामा खेलेर पूर्वएमाले र पूर्वमाओवादी नबन्न सुझाव दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्