पाल्पामा एक कोरोना संक्रमितको मृत्यु



न्युज अफ नेपाल, पाल्पा ।

पाल्पामा सोमवार थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार तानसेन १३ की ६६ वर्षीय महिलाको मृत्यु भएको हो । यो संगै पाल्पामा कोरोनाकै कारण मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

उनको दिउँसो साढे २ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थी जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालयका अनुसार ती महिलामा स्वासप्रश्वास सम्बन्धि समस्या रहेको थियो उनको लुम्बिनी मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो । उनमा संक्रमण पुष्टि मंसिर २७ गते भएकोे स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्