कोरोना संक्रमणबाट थप १५ को मृत्यु

0
Shares

काठमाडौँ । नेपालमा कोरोना भाइरसबाट थप १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना भाइरसबाट एक हजार ६८९ को मृत्यु भएको छ । बितेको २४ घण्टामा पाँच हजार २४२ नमूना परीक्षण गर्दा ३५२ महिला र ५४७ पुरुष गरी ८९९ सङ्क्रमित थपिएका छन् ।

यससँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ४७ हजार ५९३ पुगेको छ । पछिल्लो २४ घन्टामा एक हजार ३५९ जना कोरोनामुक्त भएका छन् । कुल सङ्क्रमिमध्ये दुई लाख ३४ हजार २३१ कोरोनामुक्त भएका छन् । कोरोनामुक्त हुने दर ९४।६ प्रतिशत पुगेको छ ।