न्युज अफ नेपाल, पाल्पा ।
एक वीस वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक जना पुरूष पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार ती युवतीलाइ करणी गरेको अभियोगमा रामपुर नगरपालिका(५ बाँझोबारी बस्ने ४५ वर्षीय गंगा बहादुर नेपाली पक्राउ परेका हुन् ।
मादक पदार्थ सेवन गरी गंगाले ती युवतीलाई बुधबार राति जबरजस्ती करणी गरेको उजुरीका आधारमा उनलाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उनलाइ पक्राउ गरेको हो । यस विषयमा प्रहरीले थप अनुसन्धान कार्य भइरहेको जनाएको छ ।











प्रतिक्रिया