सल्यानमा एक व्यक्ति मृत फेला



न्युज अफ नेपाल, सल्यान ।

सल्यानमा एक जना मृत अवस्थामा फेला परेका छन । जिल्लाको कुमाख गाउँपालिका वडा नम्बर ६ का अन्दाजी ५५ बर्षिय सहबिर सार्कि मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ ।

शनिबार दिउसो घर बाट बजार निस्किएका उनि आज बिहान मौलाहाल्ने बजारको पश्च्मि सडक देखि ५० मिटर अगाडी मृत अवस्थामा फेला परेकोे प्रहीरी निरक्षक लक्ष्मण ओली बताउनु भयो । सार्किलाई आईतबार बिहान ९ बजेतिर स्थानियले मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मृतकको शव पोष्टमार्टमका लागि दाङतिर लैजादै गरेको उहाँले बताउनुभयो । घटना बारे थप अनुसन्धान भैरहेको प्रहरी निरक्षक ओलीले बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस्