नेकपाभित्रको आन्तरिक द्वन्द्व र भ्रष्टाचारले मुलुक बर्बादीको दिशामा : सभापति शाह



यमलाल भुसाल,बुटवल ।

प्रतिनिधिसभा सदस्य तथा सार्बजनिक लेखा समितिका सभापति भरतकुमार शाहले नेकपाभित्रको आन्तरिक द्धन्द्ध र भ्रष्टाचारका कारण देश बर्बादीको दिशामा पुगेको बताउनु भयो । उहाँले सरकार नै एकपक्षिय बन्दा भ्रष्टाचारीहरु कारबाहिमा नपरेको समेत बताउनु भयो । रिपोर्टर्स क्लव लुम्बिनी प्रदेशले शनिवार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै सभापति शाहले प्रधानमन्त्री केपी शर्मा ओली नै भ्रष्टाचारीको संरक्षणमा लागेको बताउनु भयो ।

गोकुल बास्कोटाको कारबाहि रोकेर अख्तियारबाट सफाइ दिलाएर मन्त्री बनाउने ओलीले नै दबाब दिएको उहाँको कथन थियो् । सरकारले संसारभरको लोकतन्त्रको मूल्य र मान्यता बिर्सिएको उहाँले आरोप लगाउनु भयो । सरकारको ध्यान भ्रष्टाचार गर्ने बाहेक अरु नदेखिएको भन्दै सभापति शाहले अहिलेको नेकपाको आन्तरिक किचलो पनि भ्रष्टाचारकै सवाल भएको दावि गर्नु भयोे ।

कांग्रेसका केन्द्रिय सदस्यसमेत रहनु भएका शाहले नेकपाले ५ वर्ष जनताको म्यान्डेड पाएको हुदा नेपाली कांग्रेसले सत्ता साझेदारी नचाहेको बताउनु भयो । प्रदेशको राजधानी बुटवलबाट सार्न नेकपा महासचिब बिष्णु पौडेलले मौन समर्थन गरेको भन्दै शाहले बुटवलमा खुुद्रा बिकासे आयोजना देखाएर जनतालाइ लली पप देखाएको आरोप लगाउनु भयो ।

करिडोर,सडक ,खानेपानी शिलान्यास,स्कुल उद्घाटन गरेर बुटवलका जनताको मन जित्न अब नेकपाले नसक्ने भन्दै जनताको राजधानी सारेपछि रुपन्देहीका जनताको मन दुखेको उहाँले बताउनु भयो । साक्षात्कार काार्यक्रम रामकुमार क्षेत्रीको अध्यक्षता तथा कपिल ज्ञवालीको संचालनमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्