एउटा वियर पिएर ३ हजार डलर टिप !



न्युयोर्क, (एजेन्सी)

अमेरिकाको ओहाइयोका एउटा ज्याज एन्ड ब्ल्युज क्लबका मालिकले एकजना अनौठो ग्राहकले एउटा वियर पिएर ३ हजार अमेरिकी डलर टिप दिएर गएको रोचक घटना सार्वजनिक गरेका छन् । उनले कोभिड १९ महामारीको कारण चाँडै क्लब बन्द गरिन लागेका बेला छिरेका ग्राहकले यसरी अप्रत्यासित परिमाणमा टिप दिएको बताएका छन् ।

क्लिभल्यान्ड हाइट्सस्थित नाइट टाउन क्लबका मालिक ब्रेन्डन रिंगले ब्रन्च समयमा आएका नाम नखुलेका ती ग्राहकले एउटा स्टेल्ला आर्टोइस वियर अर्डर गरेर पिएपछि आफूलाई ३ हजार डलर टिप त्यहाँका कर्मचारीहरुलाई बाँडिदिन अनुरोध गरेको बताएका छन् ।

रिंगले शुरुमा ७ डलरको वियरको विलमा उनले ३ हजार डलर टिप लेख्दा विश्वासै नलागेको पनि बताएका छन् । रिंगले ६ देखि आठ सातासम्म नाइट टाउन बन्द रहेकाले आर्थिक अभाव खप्न कर्मचारीहरुलाई यसले ठूलो राहत दिने जनाएका छन् । उनले एकदम चल्ने आफ्नो क्लब विगतमा वर्षमा क्रिसमसको एक दिन मात्र बन्द रहने गरेको स्मरण गरेका छन् । त्यहाँ कुल चारजना कर्मचारी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्