गोसाईकुण्डको एकीकृत विकास योजना तयार



सरस्वती न्यौपाने,रसुवा ।

बागमती प्रदेशको भौतिक पुर्वाधार बिकास मन्त्रालयले रसुवामा रहेको गोसाईकुन्डको एकीकृत विकास योजना निर्माण गरेको छ।धार्मिक तथा पर्यटकीय क्षेत्र गोसाईकुन्डमा पर्यटकको आगमन वृद्धि गराउन योजना अघि सारिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले यस वर्षको योजनाअन्तर्गत विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार पारिसकेको छ।

यसको संसोधनका लागि रसुवाका सरोकारवालासंग छलफल गरिसकेको छ। कोरोना संक्रमण सुरू हुनुअघि रसुवाको गोसाईकुन्ड गाउँपालिका ५ मा पर्ने गोसाईकुन्डमा स्वदेशी तथा विदेशि पर्यटकको विकास गर्ने आर्थिक अवस्थामा सुधार ल्याउने,सामाजिक तथा सास्कृतिक समरक्षणका लागि योजना सन्चालन गर्न लागिएको हो।

योजनाअन्तरगत गोसाईकुन्ड क्षेत्रमा गुम्बा घरको सिभिल निर्माणकार्य,बिधुत पराउने कार्य,मन्दिर निर्माण,शौचालय निर्माण,रेलिङ निर्माण,ढुङगाको गारो वनाई तारवार लगाउने,ढल निकासस्थल निर्माण,६ वटा ट्रस्ट निर्माण,चोलाङपाटि देखि लौरिविनासम्म भज्याङनिर्माण,त्रिशुलधारामा भज्याङ निर्माण र हेलिप्याड निर्माण कार्य गरिनेछ ।

यसका लागि २२ करोड ४२ लाख ७१ हजार तीन सय ५१ रूपैया खर्च लाग्ने अनुमा गरिएको छ।यसैगरि योजना अन्तरगत खानेपानि वितरण का लागि एक करोड ४० लाख १८ हजार चार सय ७९ रूपैयाँ खर्च लाग्ने मन्त्रालयले जनाएको छ ।

खानेपानि वितरण का लागि २० बर्ष को समयावधि प्रक्षेपण गरेरडिपिआर निर्माण गरिएको छ।एकीकृत विकास योजनामा गोसाईकुन्ड वरिपरि हुने भौतिक निर्माण र धुन्चे गोसाईकुन्ड पदमार्गलाई मात्र समावेश गरिएको छ। यसले गोसाईकुन्ड जाने अन्य तीन वटा पदमार्गलाई छुन सकेको छैन।केही वर्ष पहिले सम्म गोसाईकुन्डमा मेलाको समयमा मात्र तिर्थयात्रिहरू आउने गरेकोमा पछिल्लो समय हिउँ पर्ने समय वाहेक अन्य समयमा समेत तिर्थयात्रु तथा पर्यटकहरू आउने गरेका छन।

प्रतिक्रिया दिनुहोस्