जिल्ला अस्पताल सल्यानमा नयाँ भवन निर्माण भएपछि कामकाजमा सहजता



न्युज अफ नेपाल, सल्यान ।

जिल्ला अस्पताल सल्यानमा २ करोडको लगानीमा ३ तलाको भवन निर्माण गरिएको छ । शारदा नगरपालिका सल्यानले आफ्नो लगानीमा भवन निर्माण गरेको हो । सल्यान अस्पताल भवन जिर्ण अवस्थामा रहेको र सेवा प्रवाहमा समस्या देखिए पछी नगरले अस्पताल भवन निर्माण गर्न प्रथम साधारण सभाबाट बजेट बिनियोजन गरेको थियो ।

भवन निर्माण भएपछि जीर्ण भवन र साघुरो रहेको कार्यालयवाट सेवा दिने वाध्यता हटेको जिल्ला अस्पताल सल्यानका डाक्टर प्रदीपशर्माले बताउनु भयो । नयाँ भवनलाई विरामी चेक जाँच र प्रशासनिक कार्यालयको रुपमा प्रयोग गरिने वताउनुभयो । निर्मित सल्यान जिल्ला अस्पताल भवन बिहिबार अस्पताल व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ ।

करिव सवा २ करोड रुपैयाको लगानिमा निर्मित ३ तले भवन नगरका नगर प्रमुख सुरेश अधिकारिले अस्पताललाई हस्तान्तरण गर्नुभएको छ । हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख अधिकारीले सल्यान अस्पताल समग्र जिल्लाका नागरिकहरुको स्वास्थ्यको भरोसाको केन्द्र भएकाले शारदा नगरपालिकाले भवन निर्माणको जिम्मेवारी लिएको बताउनुभयो ।

उहाँ ले सिमित श्रोत र आफ्नो नगरका १५ वटा वडामा पुग्ने बजेटमा सम्झौता गरेर भएपनी जिल्लावासीको स्वास्थ्य दायित्व पुरागर्न नगरका सवै जनप्रतिनिधीहरुको सहयोगमा भवनको निर्माण गरिएको बताउनु भयो । अधिकारीले भवन निर्माणका अलावा नगरले अस्पतालका लागि अन्य भौतिक र प्राबिधिक सहयोग गरेको पनि बताए ।

नगरले अस्पतालका लागि एक्सरे मेसिन,जेनेटर,भवन र अन्य लजिस्टिक सहयोग गरि ५ करोड बढिको सहयोग गरेको उनको भनाई छ । अधिकारीले अस्पतालको सेवा लाई प्रभावकारी र विश्वसनीय बनाउन भुमिका खेलेकोमा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुलाइ आभार व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै अस्पताल विकास समितिका अध्यक्ष सिपि ओलिले स्वास्थ्य जस्तो महत्वपुर्ण क्षेत्रमा लगानी गरि जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएकोमा नगर प्रमुख लगाएत नगरका सवै जनप्रतिनिधीहरुलाई उहाले धन्यवाद ब्यक्त गर्नुभयोे । सल्यान अस्पतालमा उपचार गर्न शारदा नगरवासी मात्र नभएर सल्यान जिल्लाबासी सहित छिमेकी जिल्लावासी समेत आउने गरेको उल्लेख गर्दै ओलिले अस्पताललाई यो स्तरमा पुर्याउन नगरले महत्वपुर्ण भुमिका खेलेको स्पस्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्