ट्याक्टर दुर्घटनामा परी चालकको मृत्यु



बुद्ध नेपाली,सिन्धुली ।

सिन्धुलीको दुधौली नगरपालिकामा शनिवार विहान ट्याक्टर दुर्घटना हुदाँ ट्याक्टर चालकको ज्यान गएको छ । दुर्घटनामा परी गम्भिर घाईते भएका सिन्धुलीको दुधौली नगरपालिका –५ छपाहाका ट्याक्टर चालक २१ बर्षिया बियस कुमार दनुवारको ज्यान गएको हो ।

दुधौली नगरपालिका –५ सिर्थौलि नंयाँ टोलबाट छपाहा तर्फ जांदै गरेको ना.५.त १९५१ नम्बरको मल लिन जांदै गरेको खालि ट्याक्टर आफै अनियन्त्रीत भई सडकमा पल्टदा दनुवारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । टाउको, छातिमा भित्री चोट र दुबै कान बाट रगत बगी गंम्भिर घांईते भएका दनुवारलाई स्थानिय प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौलिमा उपचारका लागि लगिएको थियो ।

प्राथमिक स्वास्थ केन्द्रमा उहाँको उपचार सम्भव नभएपछि थप उपचारका लागि सिन्धुली अस्पताल सिन्धुलीमाढी ल्याईएकोमा डाक्टरले मृत घोषणा गरेको सिन्धुलीका प्रहरी नायब उपरिक्षक श्याम बहादुर खत्रीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्