रुपन्देहीको कञ्चनबाट अबैध रुपमा भारततर्फ लैजादैँ गरेको २३ वटा गाईगोरु सहित ६ जना पक्राउ



यमलाल भुसाल,बुटवल ।

रुपन्देहीको जिल्लाको ईलाका प्रहरी कार्यालय रुद्रपुरको टोलीले कञ्चन गाउपालिका वडा नं. ३ स्थित ठकुरापुरमा अवैध रुपमा चोरी पैठारी गरी भारततर्फ लैजादै गर्दा २३ वटा गाई गोरु सहित ६ जनालाई नियन्त्रणमा लिएको छ।सुरक्षा टोलीले कपिलबस्तुबाट गैडहवाको सांडी धैती हुदै कञ्चनको ठकुरापुर जंगलको बाटो अबैध रुपमा भारततर्फ लैजादै गरेको अवस्थामा २० वटा गाई,२ वटा गोरु र १ वटा सानो बाच्छालाई बरामद गरेको छ ।

प्रहरीले चौपायसंगै गैडहवा गाउपालिका वडा नं. १ बस्ने बर्ष २७ का छट्टु पासी भन्ने अबदुल सलाम, बर्ष १८ का फिरोज मुसलमान,बर्ष ९ का सोलु पासी,बर्ष ७ का फरण पासी,फुच्चे पासी र गोलु पासीलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय,रुद्रपुरका प्रहरी निरीक्षक देवेन्द्र कुमार मल्लले बताउनु भयो ।

छाडा गाई गोरुलाई राख्ने गैडहवाको ढाँटरमा लान थालेको बताएपनि अबैध रुपमा भारत तर्फ चोरी पैठारीका लागि लैजादै गर्दा नियन्त्रणमा लिइएका चौपायको मुल्य करिब १ लाख २५ हजार रुपैया बराबरको भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्