रुपन्देहीको बुटवलमा जुवाखालवाट ६ जना ६ लाख सहित पक्राउ



यमलाल भुसाल,बुटवल ।

रुपन्देही बुटवल उपमहानगरपालिका ११ माझगाउ स्थित एक होटलमा जुवातास खेलिरहेका ६ जनालाई ६ लाख सहित प्रहरीले पक्राउ गरेको छ । माझगांउ स्थित होटल होन्डामा जुवातास खेलिरहेको रुपन्देहीका विभिन्न स्थानका ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक खड्क बहादुर खत्रीले बताउनु भयो ।

निजहरुलाइ आवश्यक कारबाहिको लागी नियन्त्रणमा लिइएको र अन्य थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्