विकट कपुरगाउँमा सामूहिक टिका



न्युज अफ नेपाल,धादिङ ।

रुबिभ्याली गा पा वार्ड न ५ कपुर गाउँबासीले तिहारको भाइटिका संयुक्त रुपमा मनाएका छन्। सुदुरउत्तरको विकटमा बसोबासगर्ने कपुरगाउँबासी बारीको पाटामा जम्मा भएरतिहार मनाएका हुन् । कोरोनाभाइरस महामारी फैलिएको समय भएपनि सो क्षेत्रमा कुनैसंक्रमितनभएको र गाउाबासीले मनाउादै आएको सामुहिक टिका बारीको पाटामा बसेर लगाइएको सो स्थानका पुरन तामाङले बताउनुभएको छ ।

तामाङ मूदायको बसोबास रहेको कपुरगाउँबासी शान्ति मेलमिलाप र एकताका लागि सामुहिक टिका लगाइएको सामाजिक अगुवा रामबहादुर तामाङको भनाइ छ ।

कुनै जातलाई विभेद नगरि एकताका लागि ३ सय जना गाउँबासी जम्मा भएर तिहार मनाइएको थियो। गाउँबासीले टिका लगाउनुका साथै बारीको पाटामा सामुहिक रुपमा भोज समेत गरेका थिए। शन्ति र मेलमिलापका लागि केहीवर्षदेखि सामुहिक तिहारमनाउन थालिएको हो। यो गाउँ उत्ररी धादिङको विकट हिमालको फेदीमा रहेको गाउँ हो।

प्रतिक्रिया दिनुहोस्