सीताराम अधिकारी,धादिङ ।
गल्छी गाउँपालिका वडा नं ३ को वडा कार्यलयको नयाँ भवन र धादिङ आधारभुत विद्यालय कल्लेरीको नव निर्मित भवनको शिलान्यास गरिएको छ ।पूर्व शिक्षा मन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा) का केन्द्रीय सदस्य, विपद व्यवस्थापन विभागका प्रमुख डा. गंगालाल तुलाधरले भवनको शिलान्यास गर्नुभएको हो ।

भवन सिलान्यास गर्दै डा तुलाधरले विद्यालय भवन र वडा कार्यालय निर्माण भएपछि विकासका काम धमाधन अघि बढ्ने बताउनुभएको छ ।गाउँमै आएको सिंहदरबारले विकासका लागि सेवा दिने अबसर आएकोले सबै मिलेर गाउँको विकासमा जोड दिन आग्रह गर्नुभयो ।१४ कोठा सहितको वडा कार्यालय ८७ लाख लागतमा चैत मसान्तसम्ममा निर्माण सम्पन्न हुने छ ।
१ सय ४० जना विद्यार्थी रहेको विद्यालय भवन डिएलआइपिको सहयोगमा आगामी चैत १० गतेसम्ममा निर्माण सम्पन्न हुने कल्लेरीबाट शिक्षक पुनेश खतिवडाले जानकारी दिनुभएको छ । साँढे दुई तलाको ८ कोठे भवन ६९ लाखमा निर्माण हुनेगरि काम सुरु भएको छ ।











प्रतिक्रिया