एनसेलको नयाँ सेन्टर भैरहवामा



काठमाडौं, (नेस)
एनसेल आजियाटा लिमिटेडले आफ्नो ग्राहक सेवालाई थप सहज तथा परिस्कृत बनाउँदै भैरहवामा सुविधा सम्पन्न एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ । कोरोना महामारीका बेलामा सरकारद्वारा निर्धारित स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्दै यो सेन्टर सञ्चालनमा ल्याइएको हो ।

भैरहवाको मिलनचोक–५ स्थित कोइराला कम्प्लेक्समा रहेको एनसेल सेन्टरले ग्राहकलाई एकै स्थानबाट सम्पूर्ण ग्राहक सेवा प्रदान गर्ने भएको छ । एनसेल सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाहरुका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङको जानकारीलगायत विभिन्न कर्पोरेट सेवासमेत लिन सक्छन् ।

यसैगरी ग्राहकहरुले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड गर्न, सिम तथा मोबाइल नम्बर परिवर्तन गर्न, सियुजी नम्बरहरु र विज प्लानहरु बदल्न, अन्तर्राष्ट्रिय रोमिङ सुचारु गर्न, बिल तिर्न, रिचार्ज कार्ड खरिद र ब्यालेन्स ट्रान्सफर गर्नलगायतका अन्य ग्राहक सेवाहरु प्राप्त गर्न सक्छन् ।

नयाँ सेन्टर सञ्चालनको अवसरमा विभिन्न सेवाका लागि सेन्टर आएका ग्राहकले कात्तिक ३० गतेसम्म विभिन्न भोलुमको डेटा प्याक उपहारस्वरुप प्राप्त गर्नेछन् ।

भैरहवा सेन्टरबाट सिम कार्ड खरिद गर्ने ग्राहकले १ जीबी डेटा भोलुम निःशुल्क पाउनेछन् । प्राप्त डेटा भोलुम बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म ७ दिनसम्म मान्य रहनेछ । साथै सेन्टरबाट २ सयको ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले पनि ७ दिनको समयसीमा रहेको १ जीबी डेटा भोलुम निःशुल्क पाउनेछन् ।

त्यसैगरी ५ सय र १ हजारको ब्यालेन्स रिचार्ज गर्नेे ग्राहकले ३० दिनका लागि मान्य हुने गरी क्रमशः १ जीबी र २ जीबी डेटा पाउनेछन् । सेन्टरबाट आफ्नो थ्रीजी सिमलाई फोरजीमा अपग्रेड गर्ने ग्राहकले पनि ७ दिनसम्म मान्य हुने १ जीबी डेटा पाउनेछन् ।

आफ्ना ग्राहकलाई विश्वस्तरीय सेवा अनुभव प्रदान गर्नेे प्रतिबद्घता अनुरुप, यस नयाँ सेन्टरले ग्राहकलाई थप मूल्य प्रदान गर्ने विश्वास एनसेलले लिएको छ । आइतबारदेखि शनिबार हप्ताको सातै दिन बिहान ९ बजेदेखि ५ः३० बजेसम्म सेन्टरले ग्राहकहरुलाई सेवा प्रदान गर्नेछ ।

आफ्नो ग्राहक सेवालाई अझ सहज तथा सर्वसुलभ बनाई उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न एनसेलले देशका विभिन्न भागमा ३१ वटा एनसेल सेन्टरहरु सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्