लामा र थापा निर्णायकमा



काठमाडौं, (नेस)
नेपालका अन्तर्राष्ट्रिय निर्णायकद्वय नोर्बु लामा र हिराबहादुर थापाले २०२० वल्र्ड तेक्वान्दो एसिया अनलाइन पुम्से च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन्।

प्रतियोगिता नोभेम्बर ९ र १० तारिखमा हुनेछ। प्रतियोगिताका लागि एसियाली तेक्वान्दो युनियनले उनीहरूलाई निर्णायकमा छनोट गरेको बताइएको छ।

लामा दोस्रो तथा थापा तेस्रो श्रेणीका निर्णायक हुन्। लामाले यसअघि भएको २०२० वल्र्ड तेक्वान्दो एसिया अनलाइन ओपन पुम्से च्याम्पियनसिपमा पनि निर्णायकको भँमिका निर्वाह गरेका थिए।

प्रतिक्रिया दिनुहोस्