रहेनन् बलिउड अभिनेता फराज



बलिउड अभिनेता फराज खानको उपचारको क्रममा निधन भएको छ।
५० वर्षीय अभिनेताको निधनको खबर अभिनेत्री पँजा भट्टले सामाजिक सञ्जाल ट्विटरमार्फत दिएकी हुन्। ‘म भारी मनले यो खबर दिइरहेकी छु कि फराज खानले हामीलाई छोडेर गएका छन्। उनी अब धेरै राम्रो ठाउँमा पुगेका छन्। उनलाई जरुरत पर्दा मद्दत गर्ने तपाईं सम्पँर्णलाई धन्यवाद।’ –पँजाले ट्विटरमा लेखेकी छिन्। खोकी, छातीको इन्फेक्सन तथा न्युरोलोजिकल डिसर्डरसँग जुधिरहेका फराजको पछिल्लो एक वर्षयता बेगलुरुस्थित एक अस्पतालमा उपचार चलिहेको थियो। जी न्युजका अनुसार फराजको उपचारमा निकै रकम खर्च भएपछि पछिल्लो समय आर्थिक अभाव झेलिरहेका उनको उपचारका लागि अभिनेत्री पँँजा भट्टले मानिसहरूसँग अपिल गरेर उपचार खर्च जुटाइरहेकी थिइन्। अभिनेता सलमान खानले पनि उनको उपचारका लागि सहयोग गरेका थिए। फराजले फरेब, मेहेन्दी, दुल्हन बनु मै तेरी, चाँद बुझ गया जस्ता फिल्म तथा केही टेलिभिजन शो मा पनि काम गरेका थिए।

प्रतिक्रिया दिनुहोस्