गजुरेल आईसीयँमै जोक सुनाउँदै



कोरोना संक्रमणबाट हुने कोभिड–१९ भएपछि निवासमै आइसोलेसनमा बस्दै आएका लोकप्रिय हास्यव्यंग्यकार मनोज गजुरेल स्वास्थ्यमा समस्या आएपछि बलम्बुस्थित सशस्त्र प्रहरीको कोभिड अस्पतालको आईसीयँमा स्वास्थ्यलाभ गरिरहेका छन्।
गत कात्तिक १० गते कोरोना संक्रमण भएपछि निवासमै आइसोलेसनमा बस्दै आएका उनलाई श्वास–प्रस्वासमा समस्या भएपछि सशस्त्र प्रहरीको कोभिड अस्पतालको आईसीयँमा भर्ना गरिएको थियो। आईसीयँमै पनि उनले जोक सुनाइरहेको सशस्त्र प्रहरीको कोभिड अस्पतालका प्रमुख डा. रूपक महर्जनले नेपाल समाचारपत्रलाई जानकारी गराएका छन्। सशस्त्र प्रहरीको कोभिड अस्पतालबाट स्वास्थ्य सेवा लिएपछि आफँलाई लाभ भएको जनाउँदै गजुरेलले आईसीयँकै शैय्याबाट फेसबुकमा पोस्ट गर्दै लेखेका छन्– ‘आराम छु, आरामको कामना गर्दछु। हिजोभन्दा आज धेरै राम्रो भइरहेको छ। स्वास्थ्य लाभको कामना गर्नुहुने सबैमा धन्यवाद।’

प्रतिक्रिया दिनुहोस्