राजारामलाई भैरव प्रतिभा पुरस्कार



लोकप्रिय हास्यव्यंग्य अभिनेता राजाराम पौडेल पुरस्कृत हुने भएका छन्।
नेपाली हास्यव्यंग्य साहित्यका शिखर पुरुष भैरव अर्यालको स्मृतिमा स्थापित भैरव प्रतिभा पुरस्कार वर्ष ०७६–७७ का लागि हास्यव्यंग्य अभिनेता राजाराम पौडेललाई प्रदान गरिने भएको हो। पौडेललाई नगद ५० हजार रुपियाँसहित भैरव प्रतिभा पुरस्कारबाट पुरस्कृत गरिन लागेको हो।
त्यसै गरी भैरव पुरस्कार रामकुमार पाँडेलाई प्रदान गरिने भएको छ। उनलाई नगद १ लाख रुपियाँसहित भैरव पुरस्कार प्रदान गरिन लागेको हो। साहित्यकार विजय चालिसे संयोजकतथा समालोचक प्राडा खगेन्द्र लुइँटेल र व्यंग्यकार लक्ष्मण गाम्नागे सदस्य रहेको चयन समितिले पौडेल र पाँडेलाई पुरस्कृत गर्ने निर्णय गरेको हो।
हाल कोरोना भाइरसबाट जोखिम रहेकाले उपयुक्त अवस्था हेरेर पुरस्कार वितरण कार्यक्रम आयोजना गरिने भैरव पुरस्कार गुठीका सचिव वसन्त रिजालले जानकारी गराए। २०४६ सालदेखि प्रत्येक दुई वर्षमा यी पुरस्कार प्रदान गरिँदै आएकामा अब आगामी वर्षबाट वर्षेनी प्रदान गरिने पनि उनले जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्