जेम्स बन्ड सिन कनरेको निधन



जेम्स बन्ड शृंखलाको पहिलो फिल्ममा जेम्स बन्डको भूमिका निर्वाह गरेर ख्याति आर्जन गर्ने दिग्गज हलिउड सिन कनरेको निधन भएको छ। उनको ९० वर्षको उमेरमा निधन भएको बीबीसीले जनाएको छ। बीबीसीका अनुसार, बहामासमा रहेका अभिनेताको राति सुतेकै अवस्थामा निधन भएको थियो। उनी पछिल्लो केही समयदेखि अस्वस्थ थिए।
कनरेले आप्mनो पाँच वर्ष लामो करियरमा थुप्रै लोकप्रिय फिल्म दिएका थिए।
उनले द हन्ट फर रेड अक्टुबर, इन्डियाना जोन्स एन्ड द लास्ट क्रुसेडजस्ता प्रशंसित र मुख्य धारको व्यावसायिक फिल्ममा काम गरेका थिए। २५ अगस्ट, १९३० मा जन्मेका उनको पिता एक कारखानामा काम गर्थे र उनको आमा घरको सरसफाइको काम गर्थिन्। उनले १३ वर्षको उमेरमा पढाइ छोडेका थिए भने शाही नौसेनामा सामेल हुनुअघि औपचारिक शिक्षाबिना दूध पु¥याउने, बुटमा पालिस लगाने र इँटा बिच्छ्याउने काम गरेका थिए। तर, ३ वर्षपछि उनलाई सेवाबाट निकालिएको थियो। शुरूमा ट्रक चलाउने, तटरक्षकको काम गर्ने र एडिनवर्ग कलेज अफ आर्टमा मोडलिङ गरेर आप्mनो जीविका चलाएका थिए। उनी खालि समयमा बडिबिल्डिङको काम पनि गर्थे। पहिलोपटक १९५६ मा उनले बीबीसीद्वारा निर्मित रेकिम फर ए हेवी वेटमा अभिनय गरेका थिए। त्यसको केही समयपछि नै उनले आप्mनो पहिलो फिल्म नो रोड बैकबाट पदार्पण गरेका थिए। त्यसपछि उनी हेल ड्राइवर्स, एक्सन अफ द टाइगर र टाइम लक जस्ता फिल्ममा देखिएका थिए।
करियरमा उनलाई ठूलो सफलता त्यो बेला मिलको थियो, जब निर्माता अल्बर्ट ब्रोकोली र हैरी साल्ट्ज मैनका साथ एक साक्षात्कारपछि जेम्स बन्डको भूमिकाका लागि छानिएको थियो। जबकि उनी त्यस समयमा एक अभिनेताका रूपमा अपेक्षाकृत कम चर्चित थिए। उनको जादुमय शैलीले समीक्षक र दर्शकको मन जित्न सफल भएको थियो।
उनले पहिलोपटक १९६२ मा डानोमा जेम्स बन्डको भूमिका निर्वाह गरेका थिए। त्यसपश्चात् फ्रम रुस विद लव, गोल्डफिंगर, थन्डरबल, यु वनली लिव ट्वाइस, डायमन्ड्स आर फरेवर र नेवर से नेवर अगेनमा काम गरेका थिए। उनले ब्रायन डी पाल्माको १९८७ मा आएको फिल्म द अनटचेबल्सबाट ओस्कर एकेमी अवार्ड चुमेका थिए।

प्रतिक्रिया दिनुहोस्