उद्योग वाणिज्य संघद्वारा १०१ जनालाई राहत



न्युज अफ नेपाल,हेटौंडा ।

मकवानपुर उद्योग वाणिज्य संघले कोभिड–१९ का कारण प्रभावित विपन्नलाई दशैंको अवसरमा राहत सामग्री बितरण थालेको छ ।संघ अध्यक्ष कृष्ण कटुवालको सभाध्यक्षता रहेको कार्यक्रममा हेटौंडा उपमहानगर प्रमुख हरिबहादुर महतले शनिबार राहत बितरण शुरु गर्नुभएको थियो । नगर प्रमुख महतले राहत बितरण कार्य विपन्नका लागि उपयोगी हुने र आगामी दिनमा संघका कार्यक्रममा थप सहकार्य गरिने बताउनुभयो ।

उहाँले विपन्नलाई राहत सामग्री प्रदान गरी बितरण कार्य शुरु गर्नुभएको थियो ।राहत बितरणको पहिलो दिन १ सय १ जनालाई राहत सामग्री बितरण गरिएको संघ उपाध्यक्ष तथा राहत वितरण कार्यक्रम संयोजक कृष्णकुमार गुप्ताले जानकारी दिनुभयो । दैनिक ज्यालादारी गर्ने तथा विपन्न ५ देखि ७ सय घरपरिवारलाई राहत बितरण गरिने गुप्ताले बताउनुभयो ।

कार्यक्रममा संघ उपाध्यक्ष रामप्रसाद न्यौपाने, महासचिव प्रमोदसिंह रानाभाट, सचिवद्वय सन्तोषकुमार अर्याल र काव्यमणि अधिकारी, माधब ज्ञवाली, राजाराम कार्की, नरेन्द्र भण्डारी, सुनिल अधिकारी, अध्यक्ष सल्लाहकारद्वय नरोत्तम दहाल, कृष्णबहादुर कार्की, विशेष आमन्त्रित सदस्य भुपेन्द्र अधिकारी, क्यान महासंघ अध्यक्ष पुष्पराज पुडासैनीलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्