रुसद्वारा कोरोना भाइरसको दास्रो खोप एपीभ्याककोरोनालाई अनुमति



मस्को (एजेन्सी)।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार देशमा दोस्रो कोरोना भाइरस खोप एपिभ्याककोरोनालाई प्रारम्भिक चरणको परीक्षणपछि स्विकृति दिएको छ । यो खोप साइबेरियन बायोटेक कम्पनीले विकसित गरेको हो । पेप्टाइडमा आधारित यो खोप कोरोनाबाट बच्न दुई पटक दिनु पर्ने छ । यसलाई साइबेरिया स्थित वेक्टर इन्स्टिच्युटले बनाएको हो ।

दुई हप्ता अघि यसको पहिलो चरणको अध्ययन पुरा भएपछि अब यसलाई मन्जुरी दिइएको हो । पुटिनले टेलिभिजिनमा दिएको एक बयानमा भने – देशको वायरोलोजी एन्ड बायोटेक्नोलोजी सेन्टर नोवोसिबिस्क वेक्टरले आज दोस्रो कोरोना भाइरस खाप दर्ता गरेको छ ।

खोपको १ सय ब्यक्तीमा गरिएको सुरुवाटको परीक्षण सफल रहेको पुटिनले बताए । मस्को टाइम्सका अनुसार रुसकी उप प्रधानमन्त्री तटयाना गोलिकोवा र उपभोक्ता सुरक्षा निगरानी संस्थाका प्रमुख अन्ना पोपोवाले पनि उक्त खोप लगाएको राष्ट्रपति पुटिनले जानकारी दिए । यो खोपको दुई महिने परीक्षण चलिरहेको छ र वैज्ञानिकले अहिलेसम्म यसको परिणाम प्रकासित गरेको छैन । गोलिकोवाले देशभरी ४० हजार स्वयंसेवकलाई एपीभ्याककोरोना खोपको अर्को चरणको परीक्षणका लागि चयन गरिने पुटिनलाई जानकारी गराएका थिए ।

डिसेम्बरसम्ममा रुसको तेस्रो कोरोना भाइरस खोपलाई सरकारी अनुमति प्राप्त हुने गोलीकोवाले बताए । उनले भने – एपीभ्याककोरोना खोपको पहिलो ६० हजार डोज चाँडो भन्दा चाँडो तयार गर्ने वोक्टरको योजना रहेको छ ।

यसअघि रुसले अगस्ट ११ मा विश्वको पहिलो कोरोना भाइरस खोप स्पुतनिक भीलाई अनुमति दिएको घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्