अविवाहित पुरुष कोरोना संक्रमणबाट मर्ने खतरा बढी



स्टकहोम (एजेन्सी) ।

अविवाहित पुरुष कोरोना संक्रमित भएमा विवाहितको तुलनामा मृत्यु हुने सम्भावना धेरै हुन्छ । यो दावी स्विडेनमा भएको एक शोधले गरेको छ । वैज्ञानिकहरुले कयौं अवस्था तथा तथ्यहरु अगाडी सारिसकेका छन्, जसले कोरोना जोखिम क्षेत्र भित्र पर्छ वा पर्दैन भन्ने बताउँछ ।

शोधकर्ताका अनुसार यदि तपाई पुरुष हो, निम्न आयबर्गको हो, अविवाहित हो र धेरै शिक्षित होइन भने कोरोनाबाट मृत्यु हुने खतरा धेरै हुन्छ ।

शोध गर्ने स्विडेनको स्टकहोम युनिभर्सिटीका शोधकर्ता स्वेन ड्रेफालका अनुसार यी सबै अवस्थाले कोरोनाबाट मृत्यु हुने खतरा बढाउँछ । यो अनुसन्धान स्विडेनको नेसनल बोर्ड अफ हेल्थको आंकडाको आधारमा गरिएको हो । आंकडाले कोरोना संक्रमणबाट मर्नेहरुमा २० भन्दा अधिक बर्षका पुरुषहरु धेरै रहेको देखाएको छ ।

स्विडेनको यो अनुसन्धानले महिलाको तुलनामा पुरुषमा कोरोनाको खतरा दुई गुणा बढी भएको देखाउँछ । तर विवाहित हो भने यो खतरा केही कम हुन्छ । जुन महिला र पुरुषको विवाह भएको छैन, उनीहरुलाई खतरा डेढ देखि दुईगुनासम्म धेरै रहन्छ । यसअघिको एक अध्ययनले एकल तथा अविवाहित ब्यक्ती कयौं प्रकारको रोगसँग लडिरहेका हुन्छन्, त्यसैले उनीहरुको मृत्यु दर धेरै हुने तथ्य उल्लेख थियो ।

जर्नर नेचर कम्युनिकेसनमा प्रकासित रिसर्चमा शोधकर्ता ड्रेफालले भने – विदेशको तुलनामा जुन ब्यक्ती स्विडेनमा जन्मे, उनीहरुलाई खतरा धेरै छ । कोरोनाबाट खतराको सम्बन्ध निम्न स्तरको शिक्षा र कम आय बर्गका ब्यक्तीसँग पनि जोडिएको छ । यिनीहरुमा पनि खतरा धेरै हुन्छ ।

वैज्ञानिकहरुका अनुसार महिलाका तुलनामा पुरुषको मृत्यु धेरै हुन्छ, किनभने उनीहरुको शरीरको बनावट र जीवनशैली फरक हुने गर्छ । कम शिक्षित तथा आय कम हुनुले उनीहरुको लाइफस्टाइल र स्वास्थ्य धेरै विग्रेको हुन्छ । उनीहरुको अवस्था स्वास्थ्यलाई लिएर पटक्कै ध्यान नदिए सरहको हुन्छ, त्यसैले पनि खतरा बढेको हुन्छ ।

प्रतिक्रिया दिनुहोस्