चीनविरुद्ध अमेरिकाले भारतलाई सैन्य सहयोग गर्ने



वासिंगटन (एजेन्सी) ।

चीनले भारतको उत्तरी सीमामा ६० हजार सैनिक तैनाथ गरेकोमा सचेत गराउँदै भारतलाई अमेरिकाको सहयोग आवश्यक हुन सक्ने अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले बताएका छन् । चीनको बढ्दो सैन्य शक्तीले क्वाड समुहका देशका लागि खतरा उत्पन्न भइरहेको उनले बताए ।

क्वाड समुह अमेरिका, जापान, भारत र अष्ट्रेलिया देशका विदेश मन्त्रीहरु गत मंगलबार टोक्योमा भेला भएका थिए । कोरोना भाइरस महामारी शुरु भएपछि ब्यक्तिगत उपस्थितिमा भएको यो पहिलो वार्ता हो ।

यो बैठक हिन्द प्रशान्त क्षेत्र, दक्षिण चीन सागर र पुर्वी लद्दाखमा वास्तविक नियन्त्रण रेखामा चीनको आक्रामक सैन्य ब्यवहारको पृष्ठभुमीमा भएको हो । बैठकबाट फर्कने क्रममा पोम्पियोले भने, भारत उसको उत्तरी सीमामा ६० हजार चिनियाँ सैनिक तैनाथ भएको हेरेर बसेको छ ।

उनले भने – म भारत अष्ट्रेलिया र जापानका आफना समकक्षहरुसँग थिएँ । यो चार ठुला लाकतन्त्र, चार शक्तिशाली अर्थब्यवस्था, चार राष्ट्रको यो प्रारुपलाई क्वाड भनिन्छ । यी सबै चार देशलाई चीनको कम्युनिस्ट पार्टीका तर्फबाट उत्पन्न खतराबाट उत्पन्न वास्तविक जोखिम छ ।

पोम्पियोले गत हप्ता मंगलबार टोक्योमा विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका थिए । क्वाड देशले लामो समय देखि चीनको सैन्यसँग सम्बन्धित खतरालाई गम्भिर रुपमा नलिएको चीनलाई लागेको उनले बताए ।

पश्चिम देशहरुले पनि दशकौं देखि चीनको कम्युनिस्ट पार्टीलाई आफु माथि हावी हुन दियो । पुर्व प्रशासनले घँुडा टेके र चीनले हाम्रो बौद्धिक सम्पदा चोर्ने तथा उसँग जोडिएको लाखौं रोजगारीमाथि कब्जा गर्ने अवसर दियो । उनीहरु आफनो देशमा पनि त्यसतै भइरहेको देखिरहेका छन् ।

एक अन्य साक्षात्कारमा क्वाड देशका विदेश मन्त्तीहरुसँगको बैठकमा समझदारी र नितिहरु विकसित हुन शुरु भएको पोम्पियोले बताए । जसको माध्यमबाट यी देशले चीनको कम्युनिस्ट पार्टीद्वारा उत्पन्न गराइएका खतरालाई एकजुट भएर विरोध गर्न सक्ने उनले संकेत दिए । उनले भने – यस लडाईमा निश्चित रुपमा उनीहरुलाई एक सहयोगी र साझेदारका रुपमा अमेरिका आवश्यक हुनेछ ।

भारतको उत्तरपुर्वी हिस्सा हिमालय इलाकमा चीनसँग प्रत्यक्ष आमनासामना भइरहेको छ । उत्तरमा चीनले भारत विरुद्ध ठुलो संख्यामा सैन्य बल तैनाथ गर्न शुरु गरिसकेको पोम्पियोले बताए । लद्दाखमा भारत र चीन बीच मेको सुरुवाट देखि नै गतिरोध रहेको छ । दुबै पक्षले विवाद समाधान गर्न कयौं पटक कुटनितिक तथा सैन्य स्तरमा वार्ता गरिसकेको छ, तर अहिलेसम्म कुनै समाधान निस्केको छैन ।

प्रतिक्रिया दिनुहोस्