डब्ल्युएचओलाई नोबेल शान्ति पुरस्कार नदिएकोमा गुनासो



बेइजिंग, एजेन्सी ।

कोरोना भाइरस महामारी संकटको बीचमा यो सँग लड्न विश्वब्यापी अभियानमा लागेको विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)लाई यस बर्षको नोबेल शान्ति पुरस्कार नदिएकोमा चिनियाँ सन्चार माध्यमहरुले कडा आलोचना गेको छ ।

चीनको सरकारी मिडिया ग्लोबल टाइम्सका सम्पादक हु सिजिनले नोबेल शान्ति पुरस्कार बेकार भइसकेको र त्यसलाई बन्द गर्नु पर्ने टिप्पणी गरेका छन् ।

सिजिनले लेखेका छन् -‘ नोबेल कमिटी भित्र विश्व स्वास्थ्य संगठनलाई पुरस्कार प्रदान गर्ने त्यति पनि साहस छैन, किनभने यसले अमेरिका रुस्ट हुनेछ । नोबेल पुरस्कार धरै पहिला नै रद्द गर्नु पथ्र्यो । यो पश्चिमी र अमेरिकाका ठुलठुला ब्यक्तीहरुको दलाली गर्ने बाहेक अरु केही गर्दैन र कयौं पटक बनावटी सन्तुलन बनाउने प्रयास गर्ने मात्रै हो ।’

सन् २०२० को नोबेल शान्ति पुरस्कारबाट विश्व खाद्य कार्यक्रम डब्ल्युएफपीलाई सम्मानित गरिएको छ । शुक्रबार ओस्लोमा नोबेल समितिका अध्यक्ष बेरिट रेइस एन्डरसनले पुरस्कार विजेताको घोषणा गरेको हो ।

कोरोना भाइरसको कहरसँग लडिरहेका अमेरिका लगायत केही देशले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)लाई आफनो निसाना बनाइरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्ल्युएचओलाई चीनमुखी भएको आरोप लगाएको थियो । महामारीमा डब्ल्युएचओको भुमिकालाई लिएर असन्तुष्ट बनेका ट्रम्पले उक्त विश्व संस्थालाई दिँदै आइरहेका कोष नै रोकेको छ । साथै अमेरिका डब्ल्युएचओबाट बाहिरिएको समेत घोषणा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्