प्रदर्शनपछि संसदिय चुनावी परिणाम रद्द



बिस्केक,(एजेन्सी) ।

चुनावी नतिजालाई लिएर हिंसात्मक घटना चर्किन थालेपछि मंगलवार निर्वाचन आयोगले हालै समपन्न संसदिय चुनावको वैधानिकता नै रद्ध गरेको छ ।

प्रदर्शनकारीहरुको सोमवार राति जवर्जस्ती संसद भवन छिर्न क्रममा प्रहरीसंग व्यापक भिडन्त भएके थियो । तिनीहरुले अर्को चुनावको माग गरेका थिए । स्वास्थ मन्त्रालयले यस घटनामा सयौं व्यक्ति घाइते भएको बताएका छन् ।

राष्ट्रपति सूरोनवाइ जिन्वेकोभले केहि निश्चित रानीतिक खेमाले अवेध तरिकाले सत्ता कब्जा गर्न खोजेको आरोप लगाए लगत्तै हिसात्त्मक भिडन्त शुरु भएको थियो । आइतवार सम्पन्न भएके सो चुनावमा १६ मध्ये ४ वटा राजनिितक पार्टीले मात्र स.सद भित्र प्वेश पाउन न्युन्तम ७ पतिशत मत ल्याएको परिणाम निस्केपछि विरोध प्रदर्शन शुरु भएको हो ।

एक भिडियो सम्वोधन मार्फत राष्ट्रपति जिन्वेकोभले भनेका छन् , ‘ अज्ञात राजनीतिक समुहहरुले चुनावी नतिजालाई जनआदेश उल्लंघन गने हतियारको रुपमा प्रयोग गरिरहेका छन् । तिनीहरुले सुरक्षा व्यवस्थालार्इै वेवास्ता गर्दै स्वास्थकर्मिहरुलाई समेत कुटपिट गर्दै सरकारी तथा सार्वजनिक भौतिक पुर्वाधारलाई क्षति पुर्‍याएका छन् । सोमवार चुनावी परिणमको विरोध गर्न राजधानी बिस्केकको आला – टू चोकमा करिव पाँच हजार प्रदशनकारी भेला भएका थिए ।

प्रतिक्रिया दिनुहोस्