ट्रम्प कोरोना पोजिटिभले चीन असहज स्थितिमा



हङकङ, (एजेन्सी)
जोय बायडेनसँगको आफ्नो पहिलो राष्ट्रपतीय बहसमा डोनाल्ड ट्रम्पले कोरोना भाइरस महामारीका लागि दोषी को भन्ने विषयमा स्पष्ट भनेका थिए ।

चिनियाँ प्लेगका रूपमा सम्बोधन गर्नुअघि राष्ट्रपतिले भनेका थिए– ‘यो चीनको गल्ती हो, यस्तो कहिल्यै हुनुहुँदैनथ्यो । ’
विगत केही महिनादेखि नै ट्रम्पले विश्वव्यापी महामारी रोक्नमा बेइजिङको शुरुको भूमिकालाई लिएर लगातार दोषी ठह¥याउँदै आइरहेका छन् । विशेषरूपमा अमेरिकामा यसको विनाशकारी प्रभावले २ लाखभन्दा धेरैको ज्यान लिइसकेको अवस्था छ भने राष्ट्रपतिसहित ७३ लाख बढी संक्रमित भइसकेका छन् ।

ट्रम्पको यो बयानबाजीले बेइजिङलाई रुष्ट बनाएको छ । त्यसको बदलामा सरकारी सञ्चारमाध्यम तथा टिप्पणीमार्फत बेइजिङले कोरोना भाइरसलाई लिएर वासिङ्टनको गलत व्यवहार उजागर गरेको छ । चीनका नजिक तथा भाइरसको सम्पर्कमा आउने कयौं देशले पहिले नै अमेरिकाको तुलनामा यसलाई अत्यन्त राम्रो तरिकाले सम्हालेका छन् । जबकि महामारी नियन्त्रणको सवालमा ट्रम्पको नीतिलाई लिएर अधिकांश विशेषज्ञहरूले आलोचना नै गरेका छन् ।

चीन अहिले अक्टोबर १ को चिनियाँ राष्ट्रिय दिवस र मध्य शरद ऋतु पर्व दुवै मनाउने क्रममा स्वर्ण सप्ताह, ८ दिनको बिदामा छ । यस अवधिमा लाखौं चिनियाँ नागरिकले यात्रा गर्ने अनुमान गरिएको छ । यो अवस्था भनेको देशले कसरी भाइरसबाट बृहत्स्तरमा मुक्ति पाइसकेको छ भन्ने प्रमाण दिन्छ ।

शुरुमा केही चिनियाँ टिप्पणीकारहरूले ट्रम्प कोरोना पोजिटिभ देखिइनुलाई उनको कर्मको फलका रूपमा लिए । चीनलाई बलीको बोका बनाउने बलात प्रयासमा एकोहोरो बयान दिइरहे जसले द्विपक्षीय सम्बन्धलाई नोक्सान पु¥याएको मात्र होइन, चिनियाँ र अमेरिकीलाई समेत जोखिममा धकेल्यो ।
ट्विटर जस्तो तर चीनको कडा सेन्सर रहेको वेइबो ट्रम्पको यो समाचारलाई लिएर लाखौंको टिप्पणीले भरिए । केहीले ठट्टा गर्दै यसलाई ‘चीनको राष्ट्रिय दिवका लागि उपहार’ भएको पोस्ट गरेका छन् ।

पनि राज्य समर्थित ट्याब्लोइड ग्लोबल टाइम्सका सम्पादक हु जिसिनले लेखेका थिए– ‘राष्ट्रपति र प्रथम महिला मेलानिया ट्रम्प, जसको परीक्षण पोजिटभ आएको छ, उनले कोविड–१९ लाई कम आँकलन गरी खेलेको जुवाको मूल्य चुकाएको हो ।

चिनियाँ नेतृत्वसँग करिब सम्बन्ध रहेको हुले केही समयपछि नै उक्त पोस्ट हटाए । यद्यपि यो उनको व्यक्तिगत निर्णय हो वा माथिको आदेश थियो भन्ने स्पष्ट छैन । उनका टिप्पणीहरू उनीबाट हटाइनुअघि अंंग्रेजी भाषाका सञ्चारमाध्यमहरूले व्यापकरूपमा उद्धृत गरेका थिए ।

बाबजुद यो घटना ट्रम्पको निदानलाई लिएर भइरहेका टीका–टिप्पणी नियन्त्रण गर्नमा अब बेइजिङ लागेको प्रमाण हो । यहाँसम्मकि विश्वभरिका सञ्चारमाध्यममा हावी भइरहेको ट्रम्प कोरोना पाजिटिभ समाचार सामग्रीलाई चीनका सरकारी सञ्चारमाध्यम वेबसाइटहरुले प्रमुख स्थानमा दिएका छैनन् ।

वेइबो, प्रमुख प्रसारक सीसीटीभी र पिपुल्स डेली अखबारसहित प्रमुख चिनियाँ प्रकाशनले ट्रम्पका बारेमा गरिने टिप्पणीको पोस्टलाई बन्द गरेको छ । यो सेन्सरमा देखिएको एक प्रकारको हतासपनाको संकेत हो ।

सरकारका धेरैजसो निकाय अहिले बिदाका कारण बन्द छन्, यद्यपि विदेश मन्त्रालयले एक संक्षिप्त विज्ञप्ति जारी गरी प्रासंगिक रिपोर्टको उल्लेख गर्दै ट्रम्प दम्पतीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

ट्रम्प कोरोना संक्रमित भएको घटनामा बेइजिङ असमञ्जश्यमा पर्नुको उचित कारण पनि छ । अमेरिकामा महामारीको प्रभावलाई लिएर चीनलाई बलिको बोका बनाउने बयानमा चिनियाँ सञ्चारमाध्यम तथा वरिष्ठ अधिकारीहरुले लामो समयदेखि गुनासो गर्दै आइरहेका थिए । त्यसै गरी, अमेरिकी चुनावमा चीन प्रमुख मुद्दा बन्नुमा पनि बेइजिङ खुसी छैन ।
फेरी पनि यो परिवर्तन हुने कुनै सम्भावना छैन । बेइजिङमाथिको निर्बाध आरोपलाई स्थापित गर्ने आफ्नो बयानलाई थप बल प्रदान गर्न ट्रम्पले अब चीनलाई लिएर अझ कठोर नीति ल्याउन सक्छन् ।

अमेरिकाका केही अधिकारी पहिलै नै ट्रम्प संक्रमित हुनुको उपयोग त्यसैका लागि गरिरहेका छन् । रिपब्लिकन सिनेटर केली लोफेलरले शुक्रबार नै ट्विट गरी भनेका छन्– ‘चीनले हाम्रो राष्ट्रपतिलाई यो भाइरस थियो । हामी यो कुरालाई स्वीकार गर्नुपर्छ ।’
ट्रम्पका प्रचारक ब्लेयर ब्रान्टले त झन् यतिसम्म दाबी गरेका छन् कि– ‘चिनियाँ कम्युनिस्ट पार्टीले हाम्रो राष्ट्रपतिमाथि जैविक हमला गरेको छ ।’
त्यसै गरी, अमेरिकी प्रतिनिधि मार्क वाकर, गुप्तचर तथा आतंकवाद निरोधका लागि सदन उपसमितिमा रिपब्लिकिन सदस्यले भनेका छन्– ‘के चीन अब आधिकारिकरूपमै हाम्रो चुनावमा हस्तक्षेप गरिरहेको छ भन्ने यो मूल्यांकन गर्नु उचित होला ?’
ट्रम्पको कोरोना रिपोर्ट आउनुअघि अमेरिकाका लागि चिनियाँ राजदूत कुई तियानकाइले ट्विट गरेका थिए– ‘एक सबल र स्थिर सम्बन्ध दुवै देशको हितमा छ, र यो चिनियाँ राष्ट्रलाई नयाँ स्फूर्ति हासिल गर्न आवश्यक छ ।
बेइजिङ्ले स्थिरतालाई सधैं सबैभन्दा माथि राख्ने गरेको छ । यद्यपि ट्रम्पको कोरोना रिपोर्टको जस्तो परिणाम आए पनि यो स्वर्ण सप्ताह चीनका वरिष्ठ नेताहरुका लागि असहज बन्ने छ र त्यो स्थिरताका लागि खतरा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्