तीन दिन अघि अस्पताल भर्ना भएका कोरोना संक्रमित अमेरिकी राष्ट्रपति ट्रम्प डिस्चार्ज



काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना भाइरस पोजेटिभ देखिएपछि तीन दिन अघि अस्पताल भर्ना भएका ट्रम्प डिस्चार्ज भएका हुन् ।

डिस्चार्ज लगत्तै टन्म्पले छिट्टै नै चुनाव प्रसार सुरु गर्ने बताएका छन् ।

यसअघि ह्वाइट हाउसका डाक्टरले ट्रम्पको स्वास्थ्य अवस्था सुधार आएकाले डिस्चार्ज गर्न सक्ने बताएका थिए ।

ट्रम्प पुरै निको नभएपनि घर लान सुरक्षित भएकाले डिस्चार्ज गरिएको चिकित्सकले बताएका छन् ।

राष्ट्रपति ट्रम्पले अब ह्वाइट हाउसबाट नै आफ्ना सबै काम गर्ने तय भएको बीबीसीले जनाएको छ ।

उनको थप उपचार ह्वाईट हाउसमै हुनेछ ।

अस्पतालबाट निस्कनु अघि ट्रम्पले ट्वीट गरेर छिट्टै चुनाव प्रचार सुरु गर्ने बताएका छन् ।

ट्विटरमा उनले आफूले कोरोना भए पनि डर नराखेको र २० वर्षअघिको भन्दा राम्रो महसुस गरेको लेखेका छन् ।

साथै उनले कोरोनाबाट नडराउनू भन्दै कोरोनाले हाम्रो जीवनशैलीलाई प्रभाव पार्न पनि नहुने उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्